हेर्नुहोस् २०७६ साल चैत्र २७ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७६ चैत्र २७ गते । बिहीवार । इ.स.२०२० अप्रिल ०९ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । ने.सं. ११४० सिल्लागा ।

वैशाख कृष्णपक्ष । तिथी– प्रतिपदा,०६ बजेर २९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–स्वाती,२७ बजेर ४३ मिनेट उप्रान्त विशाखा । योग– हर्षण,१२ बजेर ३२ मिनेट उप्रान्त विशाखा ।

करण– कौलव,०६ बजेर २९ मिनेट उप्रान्त तैतिल,१७ बजेर २० मिनेट उप्रान्त गर । आनन्दादिमा स्थिर योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय ६ बजेर ४७ मिनेटमा, सूर्यास्त १८ बजेर २४ मिनेटमा । दिनमान ३१ घडी ३३ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

जीवन साथीको सहयोगले राम्रा तथा उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजिमुलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।

माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारी साधन तथा विलाशी सामान हात लागि हुने योग रहेको छ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अध्ययनमा मन जानेछ । शिक्षा क्षेत्रसँग सम्बन्धीत व्यापारबाट घाटा हुनेछ । मामा तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ ।

प्रेमको गाँठो कसिनेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीचको मायाको गाँठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरीले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।

विद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आफन्तहरु टाडिने तथा पति पत्नीबीच सामान्य मनमुटावको सिर्जना हुनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।

राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

अध्ययनमा मन जानेछ भने नतिजा आफैँतिर ल्याउन सकिनेछ । दाजुभाई तथा छिमेकीको साथ पाईनेछ । लेखन तथा साहित्यमा रुची बड्नेछ । माया प्रममा नजिक हुन सकिनेछ ।

सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

प्रयत्न गर्दा भैपरि आउने समस्याहरु सहजै समाधान हुनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

मिष्टान्न भोजन,उत्तम वस्त्र तथा उपहार हात लाग्ने योग रहेको छ । व्यापार व्यवसायमा घाटा लाग्नेछ । बोलिको प्रभाव बढ्ने तथा बोलेरै धेरै काम गर्न सकिनेछ ।

प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्नीबीच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचीत व्यक्तिको विस्वास गर्नाले धोका पाईनेछ ।

स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । अध्ययन तथा कामको लागि लामो दुरिको यात्रा गर्न सकिनेछ । तरपनि स्वास्थ्यमा समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापार व्यवसायबाट घाटा लाग्नेछ । भौतिक तथा भोगविलासका सामानहरु प्रयोग गर्दा ध्यान दिनुहोला । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । अध्यनमा प्रगति हुनेछ ।

सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । व्यापारमा मन्दि आउनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकी करण गरी लाभ लिन सकिनेछ ।

माया प्रेमको गाँठो कसिलो भएर जानेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाई लेखाइको लागि समय उत्तम रहेको छ भने खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्बन्ध सकारात्मक बाटोमा बढ्नेछ ।

व्यापार व्यवसायमा घाटा लाग्नेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

खानपान तथा मौसमको ध्यान दिनुहोला समय मध्यम रहेको छ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब सिर्जना हुनेछ । गोप्य फाईल बाहिर आउने हुनाले ईज्जत प्रतिष्ठा जोगाउन हम्मे हम्मे पर्नेछ ।

माया प्रेममा धोका तथा अविस्वास हुनेछ । शिक्षा तथा पढाई लेखाईमा मन नजाँदा प्रतिस्पर्धीहरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दी आउनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?