अर्थले दियो स्वास्थ्य मन्त्रालयलाई १ अर्ब

काठमाडौं । कोरोना नियन्त्रणका लागि अर्थमन्त्रालयले आवश्यक सामाग्री खरीदका लागि करिब एक अर्ब रुपैयाँ स्वास्थ्य मन्त्रालयलाई रकमान्तर गरेको छ।

अर्थमन्त्रालयले कोरोना रोकथामका सामाग्री खरिद गर्नका लागि उक्त रकम उपलब्ध गराइएको हो। अर्थमन्त्रालयले कोरोनाबाट उत्पन्न हुने सम्भावित जोखिमलाई ध्यान दिई १४ शीर्षकमा हुने खर्च कटौती गरिसकेको छ।

आगामी दिनमा रकम माग भएमा थप रकमान्तर गर्न सकिने मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?