२०७६, २५ चैत्र मंगलवार १७:२१

प्रधानमन्त्री ओली र कुवेती समकक्षीबीच फोनवार्ता, यस्तो भयो कुराकानी


प्रकाशित मिति : २०७६, २५ चैत्र मंगलवार १७:२१

काठमाडौं । मंगलवार प्रधानमन्त्री केपी शर्मा ओली र कुवेती समकक्षी सबाह अल-खालेद अल हमद अल सबाहबीच फोनवार्ता भएको छ ।

उक्त फोनवार्ताको क्रममा प्रधानमन्त्री ओलीले त्यहाँ कार्यरत नेपालीको सुरक्षाको बारेमा चासो समेत व्यक्त गरेको जनाइएको छ ।

साथै कुवेतका प्रधानमन्त्रीले नेपालीहरुलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको समेत जनाएका छन् ।

प्रधानमन्त्री ओलीले कुवेतका प्रधानमन्त्रीसँग फोनवार्ता भएको ट्वीट मार्फत जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस