सुर्खेत, २३ माघ । प्रदेश ६ को अस्थायी राजधानी सुर्खेतमा मन्त्रालय व्यवस्थापनको काम तीव्र पारिएको छ ।प्रदेशसभाको पहिलो बैठक सम्पन्न भएसँगै मन्त्रालय व्यवस्थापनका काम शुरु गरिएको हो । प्रदेश सरकारको जिम्मेवारी सम्हाल्ने गरी प्रदेश ६ मा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्थापना भइसकेको छ प्रदेश नम्बर ६ को अस्थायी राजधानी वीरेन्द्रनगरमा मन्त्रालय सजावट, रंगरोगन तथा व्यवस्थापनका लागि दौडधुप शुरु भएको हो । यो प्रदेशमा रहने सात वटा मन्त्रालयका लागि क्षेत्रीय स्तरका कार्यालय भवनहरु सिफारिस गरिएको छ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्का प्रमुख सचिव सुरेश प्रधानले अबको १० दिनभित्र मन्त्रालय व्यवस्थापनका काम पुरा गरिने बताए। उनले हाल मन्त्री, सचिव एवम् विभागका कर्मचारी बस्ने कोठाको व्यवस्थापन गर्न लागिएको बताए साविकको क्षेत्रीय प्रशासन कार्यालयमा मुख्यमन्त्रीको कार्यालय स्थापना गरिएको छ भने नजिकै रहेको क्षेत्रीय हुलाक कार्यालयला स्तानान्तरण गर्ने तयारी थालिएको छ प्रमुख सचिव प्रधानका अनुसार वन, वातावरण तथा विज्ञान मन्त्रालय क्षेत्रीय सिँचाइ र क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयमा रहनेछ यसैगरी, सहकारी, पशु सेवा, भूमि व्यवस्थापन मन्त्रालय क्षेत्रीय कृषि निर्देशनालय र क्षेत्रीय पशु रोग अन्वेषण केन्द्रमा रहनेछन् । अर्थ मन्त्रालय क्षेत्रीय शिक्षा निर्देशनालयमा, गृह मन्त्रालय जिल्ला कृषि विकास कार्यालयमा, शिक्षा तथा स्वास्थ्य मन्त्रालय जिल्ला जनस्वास्थ्यमा स्थापना गरिने छ क्षेत्रीय वन निर्देशनालय र वन तालिम केन्द्रमा प्रदेश प्रमुखको कार्यालय राखिने छ। हाल प्रदेश संसद् भवनका रुपमा तोकिएको सिँचाइ विकास डिभिजन र क्षेत्रीय सडकमा भौतिक पूर्वाधार मन्त्रालय रहने छ मन्त्रालय व्यवस्थापनका लागि सिफारिस गरिएका कार्यालयहरु धमाधम खाली भइरहेका छन् । जिल्लामा रहेका क्षेत्रीय स्तरका कार्यालयहरु खाली भएसँगै मन्त्रालय व्यवस्थापन गरिने छ ‘अवको १० दिन भित्र प्रदेश तहमा सातै मन्त्रालय खुल्छन्,’ उनले भने, ‘कार्यालयहरु स्तानान्तरण भएसँगै रंगरोगन र सजावटको काम शुरु भइसकेको छ ।’प्रदेश तहमा हुने कार्यालयमा धेरै विभागहरु रहने भएकाले दुई वटा भवनमा एउटा मन्त्रालय राख्ने व्यवस्था मिलाइएको प्रमुख सचिव प्रधानले बताए शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख थम्बराज क्षेत्रीले क्षेत्रीय स्तरका कार्यालय सुर्खेतमा रहेकाले प्रदेश संरचनाअनुसार मन्त्रालय व्यवस्थापनमा कुनै समस्या नभएको बताए ‘साविकको क्षेत्रीय स्तरका कार्यालयमा प्रदेश तहका मन्त्रालय रहन्छन्’ उनले भने, ‘अन्य प्रदेशको तुलनामा यहाँ भवन अभाव छैन् । तर, क्षेत्रीय तथा जिल्ला स्तरका कार्यालयहरुले वार्षिक कार्यक्रम लागु गरेकोले मन्त्रालयहरु केही समस्या भएको हो ।’संघीय संरचनाअनुसार प्रदेश सरकारले पूर्णता पाउन थालेसँगै मन्त्रालय व्यवस्थापनको काम तीव्र पारिएको छ । कर्मचारीहरुलाई मन्त्रालयको काम गर्न भ्याइनभ्याई भएको छ। अवको दश दिन भित्र मन्त्रालय स्थापना गर्ने गरी काम तीव्र पारिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया