चुनौतीको चाङमा गभर्नर महाप्रसाद अधिकारी

अन्ततः सोमवार नेपाल राष्ट्र बैंकको १७ औं गभर्नरमा चाटर्ड एकाउन्टेन महाप्रसाद अधिकारी नियुक्त भएका छन् ।उनले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

लामो समय विभिन्न कारणले गभर्नर नियुक्ति प्रक्रिया सर्दै जाँदा डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले कायम मुकायम गभर्नरको रुपमा केन्द्रिय बैक सम्हाल्दै आएका थिए । गभर्नर पद महत्वपूर्ण मात्र नभएर केहि हदसम्म ग्ल्यामरस पद पनि हो र यो पदको लागि पावर र पहुँच, भनसुनको दौडधुप सबै हुन्छ ।

३० वर्ष राष्ट्र बैंकमा बिताएका नयाँ गभर्नर महाप्रसाद अधिकारी समेत क्यारियर अफिसरको रुपमा गभर्नर हुन पाएका थिएनन् । यसअघि डा. चिरञ्जिवी नेपालले गभर्नर पदमा बाजी मरेका थिए र महाप्रसाद अधिकारीले आफ्नो यात्रा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रुपमा अघि बढाए ।

बिजिनेस एड्मिनिस्ट्रेसनमा सन् १९८९ मा स्नातक र भारतबाट १९९३ मा चार्टर्ड एकाउन्टेन्टको डिग्री हासिल गरेका गभर्नर अधिकारीलाई नियमन तथा सुपरिवेक्षणमा काविल मानिन्छ । विगतमा सम्पत्ति शुद्धीकरण सम्बन्धि कानून सरकारले लामो समय सम्म जारी गर्न नसक्दा देश नै कालोसूचीमा पर्न सक्ने खतरामा पुगेको थियो ।

अन्तर्राष्ट्रिय वितीय संस्थानहरुको ठुलो दवाव थियो, कठिन परिस्थितमा तत्कालिन डेपुटी गभर्नरको रुपमा महाप्रसाद अधिकारीले खेलेको भूमिकालाइ आजसम्म पनि धेरैले प्रशंसा गर्दछन् सायद यिनै क्षमताहरुलाई पहिचान गर्दै र कोभिड १९ को असामान्य परिस्थिति र भावी चुनौतीको कसिमा सरकारले नयाँ गभर्नरको रुपमा महाप्रसाद अधिकारीलाइ नियुक्त गरेको छ ।

चुनौतीको चाङ
क्यारियर अफिसरको रुपमा गभर्नर हुन नसकेका र आज पोलिटिकल च्वाइसमा गभर्नर हुन पुगेका महाप्रसाद अधिकारीको आगामी दिन भने सायद नेपालको अहिलेसम्मको गभर्नर मध्येको सर्वाधिक चुनौतीपूर्ण हुने निश्चित छ । नयाँ गभर्नरले एकातिर परम्परागत नेपालको डोमेस्टिक बैंकिङ्ग चुनौतिको सामना त गर्नैपर्छ भने अर्कोतर्फ हाल म्याग्निच्युडको मापन नै पुरा हुन नसकेको कोभिड १९ को नकारात्मक प्रभावको चुनौती ।

नयाँ गर्भनरको परम्परागत आन्तरिक चुनौती

१.  केन्द्रिय बैंकको स्वायत्तता र स्वतन्त्रताको व्यवस्थापन विशेषगरी वर्तमान अर्थमन्त्रीसँग समन्वय र नेपाल राष्ट्र बैंकलाई उचाइमा राख्न सक्नु नै गर्भनरको एउटा प्रमुख चुनौती देखिन्छ ।

२. ३५९२ अर्ब रुपैयाँ भन्दा बढी रुपैयाँको निक्षेपको कुशल व्यवस्थापन , निक्षेप बीमाको कमजोर धरातल रहेको हाम्रो जस्तो देशमा पब्लिक डिपोजिटको कसोटोर्डियनको लागि।

३.  बैंकिङ्ग क्षेत्रमा रहेको ७० प्रतिशत भन्दा बढीको ठुलो कर्जा, एक्सेस टु द फाइनान्सको नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्ता अनुरुप समानस्तरमा सबै वर्गमा कर्जा विस्तार गर्दै सर्वसाधारणका लागि बैंकबाट कर्जा लिन सर्वसुलभ बनाउनु र एकै समुहमा कन्स्ट्यान्ट हुँदै गएको क्रेडिट रिक्सको पोर्टफोलियो म्यानेजमेन्ट चुस्त बनाउनु ।

४.  डिजिटल बैंकिङ्गमा देखिएको लगातारको कमजोरी र पटक पटक एटिएम तथा अन्य सिस्टम ह्याकिङ जस्ता घटनाले नेपालको बैंकिङ्ग जगतको आइटी सुरक्षाको प्रत्यभूति गर्नु र डिजिटल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गलाई व्यवस्थित गर्न नेसनल स्विचिंग पेमेन्ट गेट वे र नेसनल क्यु आर कोड लार्इ लागू गर्न नीतिगत र पुँजीगत व्यवस्थापन गर्नु ।

५. संस्थागत सुशासन कायम गर्दै ठुला वाणिज्य बैंकदेखि केन्द्रिय बैंकिङ्ग आवद्ध सहकारी संस्थानहरुमा संस्थागत सुशासनको मात्र विधि गर्दै ऋण प्रवाहदेखि एक्सपेन्सेस मेनुपुलेसनलार्इ सम्म लगाम लगाउन सक्नु ।

केन्द्रिय बैंकको क्षमता अभिवृद्धि जुन गतिमा बैंकिङ्ग र वित्तिय क्षेत्रको विकास भएको छ र जसले गर्दा जुन चापको सृजना भएको छ त्यसको तुलनामा केन्द्रिय बैंकको आन्तरिक क्षमता निकै कमजोर छ र राष्ट्र बैंकको भौतिक संरचनागत सुधार र दक्ष जनशक्तिको विकास अति अपरिहार्य भैसकेको छ । नयाँ गर्भनर महाप्रसाद अधिकारी आफैँ पनि लामो समयसम्म नियमन तथा सुपरिवेक्षणमा काम गरिसकेको अनुभव कै आधारमा पनि उनलाई राष्ट्र बैंकको चुनौती राम्रैगरी मेसो छ । समयमै केन्द्रिय बैंकको क्षमतामा काम गर्न नसके यसले ठुलो दुर्घटना निम्त्याउन सक्छ ।

नयाँ गर्भनरको कोभिड १९ चुनौती
कोभिड – १९ को ग्लोबल र नेसनल ड्यामेज कति र कुन स्तरको पर्ला त्यसको लेखा जोखा विश्व कै महारथी अर्थशास्त्रीहरुले हालसम्म गर्न सकेका छैनन् तर सबै को एउटै अनुमान छ यो द ग्रेट डिप्रेसन र २००७ पछि को ग्लोवल फाइनान्सियल क्राइसेसहरु भन्दा क्रुर र भयानक हुनेछ । यो तितो यथार्थका बीच गभर्नर बन्ने सौभाग्य मिलेको छ महाप्रसाद अधिकारीलाई । सम्भवतः जीवनकै सर्वाधिक चुनौती पूर्ण भुमिकामा पुगेका छन् अधिकारी ।

१.  अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँमा पर्न सक्ने दवाव, अहिले नै नेपाली रुपैयाँ अमिरिकी डलरको तुलनामा ऐतिहासिक कमजोर हुन पुगिसक्यो आगामी दिनमा यसको गति र मात्रा कति हुन्छ त्यसले देशको मुद्रा स्फ्रिति लगायत अन्य इन्डिकेटरमा निश्चय पनि ठुलै धक्का लाग्न सक्छ नेपालको बियोन्ड कन्ट्रोल को यो ठाडो चुनौतीलाई अधिकारीले कुन हद सम्म कसरी व्यवस्थापन गर्छन् यो भविष्यकै कुरा हो ।

२. रेमिट्यान्स आयमा पर्न सक्ने प्रभाव र यसले नेपालको फरेन्स अर्निङ्गमा पर्ने सिधा प्रभाव भएकोले विगत तीस बर्षदेखि रेमिट्यान्सबाट प्राप्त हुने डलर हाम्रो प्रमुख फरेन्स अर्निङ्ग हो । वार्षिक करिव ९ खर्ब रेमिट्यान्स देशमा भित्रिदै आएको छ र कोभिड १९ ले यसमा कस्तो असर पार्छ अहिलेनै अनुमान त गर्न सकिन्न तर एउटा कुरा निश्चित छ २०२० मा रेमिट्यान्स आयमा ठुलो ग्याप आउने निश्चित छ लगभग नेट इपोर्टिङ्ग स्टेटसको राष्ट्र नेपालको यो पनि बियोन्ड कन्ट्रोल चुनौती हो । हाल देशमा ७ महिना जतिको वस्तु तथा सेवाको आयात धन्न सक्ने फरेन्स रिजर्भ छ र अल्टरनेटिभ कुनै पनि अर्को फरेक्स अप्सन नभएको अवस्थामा अधिकारीको यो अर्को ठुलो चुनौती निश्चित छ ।

३. देशभित्र कोभिड १९ ले कुन स्तर को ड्यामेज गर्छ र त्यसको मनिटरि करेक्सन कसरि गर्ने एउटा अर्को चुनौती हुने छ । हालसम्म ग्लोबल र एसियन अथवा भारतीय इकोनोमिक क्राइसेसबाट नेपाल बच्दै आएको थियो तर कोभिड १९ को दुस्चक्रमा नेपालपनि प्रभवित हुने निश्चित छ । हाल देशमा पर्यटन होटल व्यवसाय एयरलायन्स कम्पनी हुँदै लकडाउन सुरु भएपछि करिव करिव सम्पूर्ण उद्योग व्यवसाय प्रभावित भएका छन् । सरकार र केन्द्रिय बैंकले गत साता कर र व्याज छुटको सामान्य मेजर लिने प्रयास गर्यो तर त्यसमै उद्यमी व्यवसायी र बैंकबीच असमझदारी देखिन्छ यो त सुरुवात मात्र हो कुन हदसम्म कसलाई कति अनुदान दिने, व्याजदरलार्इ कति प्रतिशत सम्म झार्ने र कति त्यसले फेरी निक्षेपमा दवाव पर्ने त होइन यस्ता अनेक थप र एकदमै नयाँ र जटिल चुनौती छन् आगामी दिनमा अधिकारीका सामू ।

४. सरकारको साधारण खर्च कति हुने हो र त्यसको लागि स्रोत परिचालन र ऋण अनुदान परिचालन यसका नयाँ प्यारामिटर र लिमिट अनि यसबाट उत्पन्न हुनसक्ने इन्फ्लेसन म्यानेजमेन्ट यो पनि एउटा थप चुनौती हुने छ, नयाँ गभर्नर अधिकारीको ।

५. देशभित्र अझै धेरै डिपोजिट केन्द्रिय बैंकको संजाल भन्दा बाहिर सहकारीको रुपमा अथवा इन्फर्मल सेक्टरमा छ, संस्थाहरु मनि मार्केटटाइट हुन जाँदा ठुलो फ्रड र डिफल्ट केस यस्तो क्षेत्रमा आउन सक्छ र त्यसको चेन रियाक्सनले अर्गनाइज्ड सेक्टरमा समेत क्राइसेस अफ कन्फिडेन्ट ल्याउन सक्छ ।

६. कोभिड १९ को प्रभावले बैंकहरुको कर्जा माग घट्ने निश्चित छ, करिव करिवप १४ दिन देखि एल सी ठप्प छ । हाइपो, ओ डि, मार्जिनल लगायत अन्य क्षेत्र शुन्य छ र यो कति दिन रहने हो, रेगुलर कस्ट अफ फन्ड र डुइङ्ग बिजनेस कस्ट घट्ने होइन यस्तो अवस्थामा बैंकमा ठुलै आम्दानीको संकट देखिँदै छ ।

अर्कोतिर प्रोडक्सन सेल्स हेर्दा अर्को दवाव छ र नयाँ गभर्नरले हाजिर गरेकै दिन एग्रेसिभ एक्स्पान्सनमा रहेका केहि बैंङ्क र अन्डर पर्फमेन्समा रहेको बैंक तथा सबै वितिय संस्थाको लिस्ट मगाएर भिजिलेन्सी बढाउनुछ ।

कोभिड १९ र अन्तरिक चुनौतीहरुको चाङमा उभिएका गभर्नरलाइ हामी सबैको सफलताको शुभकामना । यो चुनौतीहरु उपर गभर्नर महाप्रसाद अधिकारीको जित नै हामी सबैको जित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?