सवारी पास बनाउन यस्तो सम्म जालझेल !

काठमाडौं । झुठो विवरण पेश गरी सवारी पास बनाएको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरी सुरुङ्गा नगरपालिका-६ महोलिया घर भई हाल ललितपुर महानगरपालिका-३ पुल्चोक बस्ने ४५ वर्षीय शुभनारयण चौधरी, सोही नगरपालिका घर भएका ३० वर्षीय जितेन्द्र प्रसाद चौधरी र सोही नगरपालिका-५ का ४६ वर्षीय नरेश चौधरी रहेका छन् ।

शुभ नारायणले आफ्नो आमाको मृत्यु भएकोले काज किरीया गर्न जान भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा झुठो बिबरण पेश गरी चैत २४ र २५ गतेसम्मको लागि ३-०८-००५ ख ९१९८ नम्बर बसको पास लिएका थिए । उक्त बसमा अन्य ३० जना यात्रुहरु समेत बोकी सप्तरीतर्फ जान लागेको अवस्थामा फेला पारी महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?