प्रधानमन्त्री ओलीले भने – “अन्तर्राष्ट्रिय सीमा बन्द छ, जो जहाँ हुनुहुन्छ त्यही सुरक्षित रहनू”

लोकपथ
0
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले यो महामारीको समयमा नेपालमा लकडाउन भएको र अन्तर्राष्ट्रिय सीमा बन्द रहेकोले जो जहाँ छ, त्यही सुरक्षित रहन अनुरोध गरेका छन् ।

मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको संकट विश्वव्यापी रहेकाले संकटको घडीमा जो जहाँ छ त्यही रहनु उपयुक्त हुने बताएका छन् । आफ्नो जेल जीवनको अनुभव जोड्दै उनले अनुरोध गरे, “निकै कष्टकर भएको यो विषम परिस्थितीमा अझै केहि दिन धैर्य गरेर बसीदिनुहोला ।”

उनले थपे , “अन्तर्राष्ट्रिय सीमा बन्द गरेकाले अहिले जो जहाँ छ त्यही सुरक्षित रहनुमात्रै विकल्प हो ।सम्बन्धित देशले नेपालीको व्यवस्थापन गर्नेछन् । नेपालको सीमावर्ती इलाकामा २ हजार १४७ नेपालीलाई भारतीयले व्यवस्थापन गरेका छन् । ७ सय भारतीय नागरिकलाई नेपालले व्यवस्थापन गरिरहेका छन् ।”

उनले लकडाउनपछि विभिन्न नाका भएर आएका कतिपय नेपाली क्वारेन्टाइनमा बस्न नमानेकाले अनुरोध गर्दै दोहोर्याएर भने, “क्वारेन्टाईनमा बसिदिनुहोस् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?