नेकपाले डाक्यो सचिवालय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं । मंगलवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ ।

विविध विषयमा छलफलको लागि म‌ंगलबार अपराह्न ४ बजे पार्टी सचिवालय बैठक डाकिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् ।

साथै उक्त बैठकमा कोरोना भाइरस रोकथाम तथा उपचारमा सरकारले गरिरहेको काम, राहत तथा स्वास्थ्य सामग्री खरिदमा देखिएको विवादलगायतका विषयमा छलफल हुने पनि बताइएको छ ।

कोरोनाको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री खरिद प्रकरणमा भएको अनियमितताबारे नेकपाभित्र असन्तुष्टि रहेको छ । साथै कोरोना उपचार तथा रोकथाममा कमिकमजोरी भएका समाचार प्रकाशमा आएपछि नेकपा नेताहरुले सचिवालय बैठक आह्वानका लागि आग्रह गर्दै आएका थिए ।

साथै यसबारे प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी(नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुराकानी पनि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?