काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले भारतको सीमामा आएर अलपत्र परेर बसेका करिब एक हजार नेपालीहरूको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ । सीमानामा अलपत्र परेकाहरुलाई नेपालमा ल्याएर क्वारेन्टाइनमा राख्न आवश्यक व्यवस्था नगरेकोमा आफुहरुले दुःख प्रकट गर्दै त्यसबारे तत्काल आवश्यक कदम चाल्नका लागि सरकारसित अनुरोध गरेको छ ।
साथै सरकारले काम गरेर जीवन निर्वाह गर्नुपर्ने निम्न आय भएका मानिसहरूका लागि राहतवितरण गर्ने घोषणा गरेको छ । तर त्यसको वितरण पनि न्यायसङ्गत र सन्तोषजनक प्रकारले हुन नसकेको प्रति हामीले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
एक वक्तव्य जारी गर्दै जनमोर्चाले भनेको छ, “देशका कतिपय भागहरूमा कामहरू बन्द भएपछि ठुलो सङ्ख्यामा मानिसहरू बेखर्ची भई आफ्नो घरमा पुग्न पैदल हिडेका समाचारहरू संचार माध्यमहरूले लगातार बाहिर ल्याइरहेका छन् । त्यस्तो स्थिति पैदा हुन नदिन र सबैतिर राहतको वितरण गर्न प्रभावशाली प्रकारले काम गर्न हामीले सरकारसित माग गर्दछौँ ।”
साथै विभिन्न जिल्लाहरूमा कोरोना भाइरसको रोकथाम वा राहतवितरणमा समेत दलीय आधारमा भेदभाव भइरहेका समाचारहरू प्राप्त भइरहेको जसको न्यूनिकरणको लागि स्थानीय र राजनीतिक दलहरुको सहकार्यमा मात्र यो संकटको घढिलाई पार गर्न सकिने सुझाव समेत सरकारलाई दिएको छ ।
सूदूरपश्चिम प्रदेशमा ठूलो संख्यामा नेपालीहरु भारतबाट आउने तथा उनीहरुको उचित रुपमा स्वास्थ्य जाँच नभएको भन्दै त्यहाँ कोरोनाको जोखिम उच्च रहेको कुरामा जोड दिँदै सुदूरपश्चिममा विशेष जोड दिन आग्रह समेत गरेको छ । साथै सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यकर्मीहरु एकदम कम भएकाले त्यहाँ प्रयाप्त स्वास्थ्यकर्मीहरुको प्रयाप्त व्यवस्थापन गरि कोरोना जोखिम न्यूनिकरणको लागि समेत जनमोर्चाले माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया