विराटनगर, २३ माघ । नेकपा (एमाले) को प्रदेश १ को संसदीय दलको नेता निर्वाचनबाट चयन हुने भएको छ । सहमतिमा संसदीय दलको नेता चयन गर्ने प्रयास सफल नभएपछि २६ गते निर्वाचन गरेर नेता चयन गरिने भएको छ एमालेमा १ नम्बर प्रदेशको संसदीय दलको नेताका लागि पूर्वसञ्चारमन्त्री शेरधन राई, भीम आचार्य र जीवन घिमिरे दाबेदार रहेका छन् । संसदीय दलको नेता नै भावी मुख्यमन्त्री हुनेभएकाले पनि संसदीय दलको नेता चयनमा सकस परेको हो राई भोजपुरबाट, आचार्य सुनसरी र घिमिरे मोरङबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । राई एमालेभित्र केपी ओली पक्षका हुन् भने आचार्य र घिमिरे वरिष्ठ नेता माधव नेपाल पक्षधर हुन् प्रदेश नं १ मा ९३ सांसदमध्ये ५१ जना एमालेबाट निर्वाचित भएका छन् । १४ जिल्ला रहेको प्रदेश १ मा एमालेको बहुमत रहेको छ यसैबीच प्रदेश नं १ को संसदीय दलको नेता चयनका लागि सो पार्टीको इटहरीस्थित प्रदेश समिति सचिवालयले तीन सदस्यीय समिति गठन गरेको छ । सो समितिमा चूडामणि आचार्य, टीकाराम पुरी र प्रेम पोखरेल रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया