२४ माघ २०७९, मंगलवार

नेपाल चिनाउन खेलकुद क्षेत्रको भुमिका महत्वपूर्ण : सञ्चारमन्त्री बस्नेत

२०७४,आश्विन,२,सोमवार १२:२१

0
Shares

ललितपुर, २ असोज ।सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले अन्तर्राष्ट्रियजगतमा नेपाललाई चिनाउन खेलकुद क्षेत्रको ठूलो भूमिका हुने बताएका छन ।नेपाल पौडी सङ्घ एनएसए द्वारा आज आयोजित सातौँ ( एनएसए) कप प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री बस्नेतले खेलकुद क्षेत्रको विकास तथा विस्तारबाट आर्थिक उपार्जनमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।मन्त्री बस्नेतले खेलकुद क्षेत्रको उचित एंव प्रभावकारी व्यवस्थापनमा राज्यको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिदैं खेल क्षेत्रलाई व्यावसायीकरण गरिनुपर्ने धारणा व्यक्त गरे ।जिल्ला–जिल्लामा खेलकुद मैदान तथा पौडी पोखरी निर्माण गर्न सक्यौं भने यस क्षेत्रको विकासमा थप सहयोग पुग्ने बताउँदै स्थानीय तह, प्रदेश र केन्द्रीयसभाको निर्वाचन सम्पन्न भएपछि देशको विकास तीव्र गतिले अघि बढ्ने विश्वास व्यक्त गरे ।सङ्घका अध्यक्ष अशोक बज्राचार्यले प्रत्येक वर्ष एनएसए कपको आयोजना गरिँदै आएको बताए । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११२ पुरुष र ७२ जना महिला गरी कुल १८४ जना खेलाडीको सहभागीता रहेको जनाइएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२,सोमवार १२:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल साफ यु–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशमा जारी साफ च्याम्पियनसिपमा भारतलाई पराजित

काठमाडौं । टर्कीमा गएको भूकम्पपछि चेल्सीका पूर्व फरवार्ड क्रिस्टियन अत्सु सम्पर्क बिहिन भएका छन् । भुकम्प गएको दिन ३१ वर्षीय

काठमाडौं । राजधानीमा जारी छैठौं संस्करणको केएनपी नेरोलेक महिला राष्ट्रिय भलिबल प्रतियोगितामा आज फाइनल खेल हुँदैछ । आज हुने फाइनल

काठमाडौं । बंगलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतको सामना

ताजा समाचार

कलाकार पदमप्रसाद पौडेलको निधन
 २०७९,माघ,२४,मंगलवार १७:२८