काठमाडौं । कोरोना भाइरसको आशंकामा कपिलवस्तु अस्पतालको आइसोलेसनमा उपचाररत एकजना बिरामीको मृत्यु भएको छ । तर उनको मृत्युको कारण के हो भन्ने पुष्टि भइसकेको छैन ।
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका– २ जलैयाका एक जनाको सोमवार साँझ ८ बजे उनको मृत्यु भएको थियो ।
मृतकको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको छ । कारोना भाइरस संक्रमणको आशंकामा उनलाई चैत २२ गते आइसोलेसनमा राखिएको थियो । ज्वरो र खोकी आउने तथा छाती दुख्ने लक्षण देखिएपछि उनलाई उपचार सुरु गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया