हेर्नुहोस् २०७६ साल चैत्र २५ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७६ चैत्र २५ गते । मंगलबार । इ.स.२०२० अप्रिल ०७ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । ने.सं. ११४० सिल्लागा ।

चैत्र शुक्लपक्ष । तिथी– चतुर्दशी,११ बजेर १८ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र– उत्तरफाल्गुनी,०८ बजेर ३३ मिनेट उप्रान्त हस्त । योग– ध्रुव,१८ बजेर ४१ मिनेट उप्रान्त व्याघात ।

करण– वणिज,११ बजेर १८ मिनेट उप्रान्त भद्रा,२२ बजेर ०५ मिनेट उप्रान्त बव । आनन्दादिमा धाता योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय ६ बजेर ४९ मिनेटमा, सूर्यास्त १८ बजेर २३ मिनेटमा । दिनमान ३१ घडी २५ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

विवाद तथा प्रतिस्पर्धामा भाग नलिनुहोला समय मध्ययम रहेको छ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउने छैन । मामा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न ।

व्यापारमा लगानी नबढाउनु होला ऋण लाग्ने समय रहेको छ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्वन्धी समस्या आउनेछ । प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

राम्रा काम गरी अरुको विश्वास जित्न सकिनेछ भने पुरुषार्थी काम गरी नतिजा आफैतिर पार्न सकिनेछ । नयाँ प्रविधिको प्रयोग गर्न सकिने समय रहेको छ ।

आफन्त तथा मामा पक्षबाट भनेजस्तो सहयोग पाईनाले मन प्रसन्न रहनेछ । खर्च बढेपनि राम्रा काम गर्दै अगाडि बढ्न सकिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

अरुको विश्वास जिती काम गर्न नसक्दा समयभन्दा पछी परिनेछ । काम गर्ने भन्दा आश्वासन बाढ्नेहरु सक्रिय हुनेछन् । पढ्ने लेख्ने काममा मन नजाँदा नतिजा अरुतिर नै जानेछ ।

सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग परिचालन गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । सरसफाईमा ध्यान दिनुहोला । वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

दाजुभाई,आफन्त तथा छिमेकी सँगको सम्वन्धमा चिसोपनाको विकास हुनेछ । लेखन तथा साहित्यमा बाँकी रहेको काम थाती रहने छ । व्यापारमा घाटा लाग्नेछ ।

प्रेममा रमाउँन चाहनेहरुका लागी समय मध्यमय रहेको छ । आट गर्न नसक्दा हातमा आईसकेको काम फुत्किनेछ । सरसफाईमा ध्यान दिनुहोला । वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पारिवारिक माहोलमा समय बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । आफन्त तथा कुटुम्बको सहयोग पाईनेछ । प्रणय सम्बन्धमा रमाउँन चाहनेहरुका लागी समय राम्रो रहेको छ ।

बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । सरसफाईमा ध्यान दिनुहोला । वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

पठन पाठनमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिनेछ । माया प्रेममा धोका तथा घर परिवारमा आफन्तसँग घरायसी कुरामा राय बाजिनेछ । सरसफाईमा ध्यान दिनुहोला । वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समय तथा कामको तालमेल नमिल्दा अरुभन्दा पछी परिनेछ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ ।

व्यापारी,बिद्यार्थी तथा सामाजिक काम गर्नेहरुका लागी समय मध्ययम रहेकोछ । सरसफाईमा ध्यान दिनुहोला । वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

ईमान्दार तथा लगनशिल भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम तथा दाम दुवै कमाउँन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।

माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेको छ । तरपनि स्वास्थ्यमा समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापारबाट प्रतिफल ढिलामात्र प्राप्त हुनेछ । सरकारी साधन स्रोतको प्रयोग गर्दा ध्यान दिनुहोला काम बिग्रने हुनाले जरिवाना तिर्नु पर्ने हुन सक्छ । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ ।

अध्ययनमा अली बढी समय लगानी गरे राम्रै नतिजा हात पार्न सकिनेछ । बुवा तथा अग्रजहरुको सहयागले राम्रा काम गर्न सकिनेछ । सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

धार्मिक तथा अध्यात्मिक काममा समय व्यातित गर्न पाउँदा मन शान्त रहनेछ । प्रेमिका तथा साथीभाईले सहयोग गर्ने हुनाले एक कदम अगाडि बढी प्रगती गर्न सकिनेछ ।

कार्यक्षेत्रमा तपाईको कामको प्रशंसा हुनेछ । सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

संकट व्यावस्थापनमा चालिएका कदमहरु निःअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा
दिदिबहिनीहरुले पनि सहयोग गर्ने छैनन् ।

अल्छि गर्ने बानिले काम बाँकी रहनेछ भने शरीर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथि भेटिनेछ । व्यवसायबाट घाटा लाग्नेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । परिवारका साथ रमाईलो जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?