काठमाडौं । जयकाली जढीबुटी उद्योग प्रा.लि.काठमाडौंले चितवनका अस्पतालहरुलाई ‘ओखती’ साबुन सहयोग गरेको छ । उद्योगले आज भरतपुर अस्पताल र भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई ६ सय थान ‘ओखती’ साबुन सहयोग गरेको हो ।
भरतपुर अस्पताललाई तीन सय थान र कोरोना अस्पताललाई तीन सय थान साबुन सहयोग गरिएको प्रवन्ध निर्देशक शोभाकान्त बस्यालले लोकपथलाई बताए । उनले यस्तो विपद्को बेलामा साबुनको महत्व पनि उत्तिकै छ, अस्पतालमा कार्यरत चिकित्सक र अरु सबैलाई हात धुन सहज होस् भनेर साबुन सहयोग गरेका हौं ।’

उद्योगका तर्फबाट सुवास कुमार तिवारीले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीलाई ‘ओखती’ साबुन हस्तान्तरण गरेका थिए । यस्तै भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारी र अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीलाई साबुन हस्तान्तरण गरिएको थियो । कोरोना भाइरस (कोभिड–१९)को माहामारीको बेला हात धुनु निकै महत्वपूर्ण छ । जतिसक्दो धेरैपटक हात धुनुपर्ने चिकित्सकहरुको सुझाव छ ।
सोही अनुरुप देशका विभिन्न स्थानहरुमा साबुन सहयोग गर्दै आइरहेको प्रवन्ध निर्देशक बस्यालले बताए । यस्तै बस्यालका अनुसार चितवनको माडीस्थित नेपाल रेडक्रस सोसाइटीलाई समेत २५० थान साबुन सहयोग गरेका थिए । यस अघि पनि उद्योगले विभिन्न अवसर पारेर सामिजिक उत्तर दाहित्व अन्तर्गत विभिन्न काम गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया