कोरोना भगाउन समेत उपयोगी तामाको भाँडामा पानी पिउनुका यस्ता छन् फाइदा

काठमाडौं । भनिन्छ तामाको भाँडामा राखेको पानी पिउँदा मानिसको स्वास्थ्यलाई लाभ हुने गर्दछ । धार्मीक तथा वैज्ञानिक हिसावले पनि तामाको भाँडामा राखेको पानि पिउनु स्वास्थ्यका लागि लाभदायक छ ।

तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ । सारा विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस पनि तामाको सामानमा धेरै समय जीवित नरहने कुरा वैज्ञानिकहरुले पत्ता लगाईसकेका छन् ।

त्यसैले वैज्ञानिकहरुले तामाको प्रयोग गर्न सबैलाई आग्रह पनि गरेका छन् । स्टिल वा प्लाष्टिकका भाँडामा कोरोना धेरै समयसम्म सक्रिय रहने भएकोले वैज्ञानिकहरुले तामाको प्रयोग गर्न आग्रह गरेका हुन् ।

कम्तीमा पनि ८ घण्टा तामाको भाँडामा राखीएको पानी पिउँदा हुने फाईदाहरु यस प्रकारका छन् ।

१. यदि छाला स्वस्थ र सुन्दर बनाउन चाहनुहुन्छ भने रातभर तामाको भाँडामा राखिएको पानी नियमीत विहान पिउनुहोस् ।

२. तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्दछ। यसमा राखिएको पानी लामो समय सम्म राख्दा पनि बेस्वादको हुँदैंन ।

३. तामामा प्राकृतिक रुपमा ओलीगोडिनेमिकको रुपमा (ब्याक्टेरियामा धातुलाई स्टेरलाइज्ड) मानिन्छ । यसमा राखिएको पानीको सेवनले पेटमा भएको ब्याक्टेरिया सजिलै नष्ट गर्न सक्छ । यस्तै, पानीजन्य रोग डाइरिया, कमलपित्तजस्ता रोग रोक्न पनि उपयोगी मानिन्छ ।

४. थाइरेक्सिन नामक हर्मोनको असन्तुलनका कारण थाइराइडको रोग लाग्छ । तामाको भाँडामा राखिएको पानी पिउनाले शरीरमा थाइरेक्सिन हर्मोन नियन्त्रित हुन्छ र यो हर्मोन निकाल्ने ग्रन्थीको कार्यप्रणालीलाई पनि नियन्त्रित गर्छ ।

५. तामामा मस्तिष्कलाई उत्तेजित गर्ने गुण भएकाले मष्तिष्कले तीब्रता र कुशलतापूर्वक काम गर्न मद्दत गर्दछ ।

६. यसमा एन्टी इन्फ्लेमेटरी भएकाले तामाको भाँडामा राखिएको पानी नियमित पिउनाले जोर्नी दुख्ने समस्या कम गर्दछ ।

७. आयुर्वेद चिकित्सालयका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ ।

८. यसले रगतको विकार र कमी हुने समस्या हट्छ ।

९. तामाको भाँडामा राखिएको पानी पिउनाले चाउरी पर्ने प्रक्रियालाई पनि ढिलो गराइदिन्छ ।

१०. एसिडिटी, कब्जियतजस्ता पेटका समस्या भएका मानिसका लागि तामाको भाँडामा राखिएको पानी अमृतसमान हुन्छ । आयुर्वेदका अनुसार यदि शरीरमा भएको विषाक्त पदार्थ बाहिर ल्याउनु छ भने ‘ताम्रजल’ पिउनु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?