कोरोना भाइरसका बिरामीको उपचारका लागि भालुको पित्त प्रयोग गर्ने

काठमाडौं । चीनको शेन्जेन शहरमा कुकुर बिरालोको मासु उपभोग माथि प्रतिबन्धको निर्णयसँगै चीनले कोरोना भाइरसको बिरामीको उपचारका लागि भालु हरुको पित्त प्रयोग गर्ने अनुमति दिएको छ ।

चीनमा भालुहरुको पित्तमा हुने एसिडको प्रयोग पथरी र आन्द्राको बिरामीहरुको उपचारको लागि चिनियाँ औषधिको रुपमा गरिएको हुन्छन। तर भालुहरुको पित्त कोरोनाको उपचारमा फलदायी हुने कुनै प्रमाण छैन ।

ऐनिमल एशिया फाउन्डेशन नामक संस्थाका प्रवक्ता ब्रायन डेलीले समाचार एजेन्सी एएफपीलार्इ दिएको जानकारीमा भनेका छन्, ” हामी कोरोना भाइरसको उपचारको लागि जंगली जनावर माथि निर्भर हुनु हुँदैन जुन भाइरसको स्रोत नै जंगली जनावर बताइएको छ ।”

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?