उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ८१९ सवारीसाधन नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय १ महिला सहित १८ सय १९ जनालाई नियन्त्रणमा लिएको छ ।

आज विहान ६ बजे देखि दिउसो ४ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी ५ सय ४४ वटा दुई पाङ्ग्रे र ३७ वटा चारपाङग्रे गरी ५ सय ८१ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडौंबाट १५ सय २३ जना, ललितपुरबाट २ सय ७८ जना र भक्तपुरबाट १८ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर आफ्नै सुरक्षाका लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?