काठमाडौं, २३ माघ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपतिमा एउटै व्यक्तिलाई दोहोर्याउन नहुने बताएका छन् राष्ट्रपतिका लागि दाबेदार समेत रहेका नेता खनालले पार्टीले जिम्मेवारी दिए आफू राष्ट्रपति बन्न तयार रहेको बताए । राष्ट्रपति जस्ता ठूल्ठूला जिम्मेवारी दोर्होयाएर दिन नहुने वरिष्ठ नेता खनालको धारणा थियो राष्ट्रपतिमा विद्या भण्डारी नै दोहोरिने चर्चा चलिरहेका बेला खनाल त्यसको विपक्षमा रहेका छन् । इरानमा आयोजित आइक्यापको २९ औं बैठकमा भाग लिएर मंगलबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफू पदको लागि मरिहत्ते गर्ने पक्षमा भने नरहेको स्पष्ट पारे वरिष्ठ नेता खनालले माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया छिट्टै निश्कर्षमा पुग्ने उल्लेख गरे । विचार र संगठनात्मक समस्या समाधानका लागि दुवै पार्टीबीच छलफल चलिरहेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया