१३ चैत्र २०७९, सोमवार

नेपाल चिनाउन खेलकुद क्षेत्रको भुमिका महत्वपूर्ण : सञ्चारमन्त्री बस्नेत

२०७४,आश्विन,२,सोमवार १२:२१

0
Shares

ललितपुर, २ असोज ।सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले अन्तर्राष्ट्रियजगतमा नेपाललाई चिनाउन खेलकुद क्षेत्रको ठूलो भूमिका हुने बताएका छन ।नेपाल पौडी सङ्घ एनएसए द्वारा आज आयोजित सातौँ ( एनएसए) कप प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री बस्नेतले खेलकुद क्षेत्रको विकास तथा विस्तारबाट आर्थिक उपार्जनमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।मन्त्री बस्नेतले खेलकुद क्षेत्रको उचित एंव प्रभावकारी व्यवस्थापनमा राज्यको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिदैं खेल क्षेत्रलाई व्यावसायीकरण गरिनुपर्ने धारणा व्यक्त गरे ।जिल्ला–जिल्लामा खेलकुद मैदान तथा पौडी पोखरी निर्माण गर्न सक्यौं भने यस क्षेत्रको विकासमा थप सहयोग पुग्ने बताउँदै स्थानीय तह, प्रदेश र केन्द्रीयसभाको निर्वाचन सम्पन्न भएपछि देशको विकास तीव्र गतिले अघि बढ्ने विश्वास व्यक्त गरे ।सङ्घका अध्यक्ष अशोक बज्राचार्यले प्रत्येक वर्ष एनएसए कपको आयोजना गरिँदै आएको बताए । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११२ पुरुष र ७२ जना महिला गरी कुल १८४ जना खेलाडीको सहभागीता रहेको जनाइएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२,सोमवार १२:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ

काठमाडौं । सूर्य नेपाल गल्फ टुरअन्तर्गतको छैटौँ संस्करणको प्रतियोगिता मङ्गलबारदेखि शुरु हुँदैछ । रोयल नेपाल गल्फ क्लबमा चार दिनसम्म सञ्चालन

मधेस प्रदेश । मधेस प्रदेशले जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ

काठमाडौं । युरोकप छनोटमा इटालीले जित हात पारेको छ । आइतबार राति माल्टालाई २-० गोल अन्तरले हराउँदै इटालीले पहिलो जित

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६