अमेरिकन आइडलको टप-२० मा प्रवेश गरे दिवेश

काठमाडौं । अमेरिकन आइडलमा उत्कृष्ट प्रश्तुती दिँदै आएका दिवेश पोखरेलले अमेरिकन आइडलको टप २० मा आफ्नो स्थान सुरक्षित गरेका छन् । आइतवार प्रशारण भएको एपिसोडबाट उनी टप-२० मा प्रवेश गरेका छन् ।

‘अर्थर गन’को नामबाट परिचित दिवेशले आफूले दिएको हरेक प्रश्तुतीमा जजबाट ‘स्ट्यान्डिङ अवेशन’ पाइरहेका छन्। अडिसनदेखि टप-२० मा प्रवेश गर्नको लागि दिएको प्रस्तुतीमा पनि उनले जजबाट निकै तारिफ बटुलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?