जापानी अध्यागमनले प्रवेश नदिनुको धारणा बुझ्न काँग्रेस नेता पौडेल दुतावास जाने

काठमाण्डौं, २ असोज ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पौडेल आँफुलाई जापान प्रवेश गर्न नदिनु कारण बुझ्न काठमाण्डौं स्थित जापानी दुतावास जाने भएका छन । जापानको टोकियो स्थित हानेदा विमानस्थलबाट जापान प्रवेश गर्न नदिईएपछि स्वदेश फर्किएका नेता पौडेलले आज विज्ञप्ति जारी गर्दै आँफुलाई प्रवेशाज्ञा भिसा दिने तर प्रवेश नदिने जापान सरकारको धारणा बुझ्न दुतावास जाने बताएका हुन ।पौडेलले आँफु असोज ३ गते मंगलवार जापानी द्तावास जाने विज्ञप्तिमा उल्लेख गरेका छन ।जापान स्थित नेपाली जनसम्पर्क समितीले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागि हुनजाने क्रममा स्पोन्सर गर्ने व्यक्ति नेपालमा आएका कारण जापानी अध्यागमनले पौडेललाई जापान प्रवेश दिन अस्विकार गरेको थियो ।आँफुलाई अध्यागमनले प्रवेश नदिएको विषयलाई केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा अतिरञ्जित बनाईएको भन्दै पौडेलले दुख व्यक्त गरेका छन ।विज्ञप्तिमा नेता पौडेलले आँफुसामान्य नेपाली नागरिक सरह हरियो राहदानीवाहक भएको र प्रवेशआज्ञा दिएर प्रवेश नदिने जापान सरकारको कार्यले आफ्नो मात्र नभई देशकै स्वाभिमानमा आँच पुगेको भन्दै रोष प्रकट गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?