हेर्नुहोस् २०७६ साल चैत्र २४ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७६ चैत्र २४ गते । सोमवार । इ.स.२०२० अप्रिल ०६ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । ने.सं. ११४० सिल्लागा ।

चैत्र शुक्लपक्ष । तिथी– त्रयोदशी,१३ बजेर ४१ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– पूर्वाफागुनी,१० बजेर १० मिनेट उप्रान्त उत्तरफाल्गुनी ।

योग– वृद्धि,२१ बजेर ४६ मिनेट उप्रान्त ध्रुव । करण– तैतिल,१३ बजेर ४१ मिनेट उप्रान्त गर,२४ बजेर ३० मिनेट उप्रान्त वणिज ।

आनन्दादिमा ध्वज योग । चन्द्रराशि–सिंह,१५ बजेर ४६ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय ६ बजेर ५० मिनेटमा, सूर्यास्त १८ बजेर २३ मिनेटमा । दिनमान ३१ घडी २१ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ । वुद्धिको प्रयोग गरी अरुलाई प्रभावित पार्न सकिनेछ । आफन्त तथा सन्तानको साथ पाईने तथा उनीहरुको प्रगतिमा मन रमाउनेछ ।

मनमुटुमा राखेको मानिसबाट उपहार प्राप्त हुँदा तपाईभन्दा खुशी अरु कोहि हुने छैनन् । साँझपख विवादमा तथा हुलमुलमा सामेल नहुनुहोला । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

कार्य सम्पादन गर्ने सवालमा आफ्नै भन्नेहरुले बाधा तथा अवरोध गर्नेछन् । काममा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । आफन्त तथा आमासँग टाडिने योग रहेको छ ।

व्यापारमा लगानी गर्नको लागि केही समय धैर्यधारण गर्नुहोला । तरपनी कृषि,पशुपालन तथा पुख्र्यौली पेशाबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

नचाहाँदा नचाहाँदै पुराना सम्झौताहरु भंग गर्नुपर्दा मन खिन्न हुनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

लगनशिलताको साथ गरीने कामको उच्च मुल्याङ्कन हुनेछ । दाजुभाई तथा छिमेकीकोसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ ।

प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाईमा मन जानेछ भने पढाईकै सवालमा यात्रा गर्न सकिनेछ ।

तरपनि सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

परिवारका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला ।

बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसन,काउन्सेलिङ तथा बोलेर गर्ने व्यावसाय फस्टाएर जानेछ ।

व्यापार व्यवसायमा घाटा लाग्नेछ । सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

प्रविधिको प्रयोग गरी रचानात्मक काम गर्न सकिनेछ । पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ भने पहिले गरीएका कामहरु उपलब्धी मुलक बन्दै जानेछन् ।

नयाँ काम गर्न सकिने तथा सहयोग र समर्थन गर्नेहरु प्रशस्त भेटिनेछन् । समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तीको योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

दैनिक खर्च बढ्ने तथा भैपरि आउने समस्याले सताउनेछ । स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । सापटी लगिएका रकम नउठ्नाले दैनिकी असहज हुनेछ ।

धन तथा भौतिक सम्पत्ती हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

प्रेममा सामिप्यता बढेर जानेछ । पैत्रिक सम्पत्तीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । व्यापारमा घाटा लाग्नेछ । शिक्षा क्षेत्रसँग सम्बन्धीत काममा मन्दि आउनेछ ।

सिमित स्रोत साधनको प्रयोग गरी असिमित आवश्यक्ताहरु पूरा गर्न सकिनेछ । ईच्छाईएका वस्तु प्राप्त हुनाले मन प्रशन्न हुनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

बुवा तथा अग्रजहरुको आशिर्वाद लिदै राम्रा काम गर्न सकिनेछ । पैत्रिक सम्पत्ती प्राप्त हुनेछ । तरपनि स्वास्थ्यमा समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगती भएर जानेछ ।

सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्याक्तिगत स्वास्थ्य तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनुहोला ।

आलश्य तथा थकानको अनुभुति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछ । अध्ययनमा अलि बढी नै समय खर्चदा मात्र नतिजा हात पार्न सकिनेछ ।

प्रेममा धोका हुनसक्छ । सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बन्द व्यापारमा घाटा लाग्नेछ । भौतिक सम्पत्ती तथा विलाशी वस्तु प्राप्त हुने योग रहेको छ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ ।

पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

विद्या तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । व्यापारमा घाटा लाग्नेछ ।

पुराना थाति रहेका कामहरु सम्पादन हुनेछन् । तरपनि सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?