नेपाल-भारत व्यापारमा उत्पतिको प्रमाणपत्र नचाहिने !

 

काठमाडौं । लकडाउनका कारण उत्पन्न असमान्य परिस्थितिका कारण नेपाल र भारतबीचको द्धिपक्षीय व्यापारमा आवश्यक पर्ने उत्पत्तिको प्रमाणपत्र (रुल्स अफ ओरिजिन) हाललार्इ नचाहिने भएको छ।

वाणिज्य मन्त्रालयले आपतकालीन अवस्थाका कारण दुई देश बीचको व्यापारमा उत्पत्तिको प्रमाणपत्र नचाहिने ब्यबस्था अस्थाई रुपमा लागु गरेको छ ।

भारतका लागि उत्पत्तिको प्रमाणपत्र नेपाल उद्योग वाणिज्य महासंघले जारी गर्दै आएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?