गायिका कनिका कपूरको छैटौँ टेस्ट रिपोर्ट नेगेटिभ

काठमाडौं । चर्चित बलिउड गायिका कनिका कपूरको छैटौँ टेस्ट रिपोर्ट नेगेटिभ आएको छ ।

लगातार पाचौँ रिपोर्ट पनि पोजेटिभ पाइएपछि त्रसित बनेका उनका परिवारहरुले कनिकाको छैटौँ रिपोर्ट नेगेटिभ आएपछि आनन्दको श्वास फेरेको छन् ।

अब छिट्टै अस्पतालबाट उनी डिस्चार्ज हुनसक्ने अनुमान गरिएको छ ।

लखनउमा भएको कोरोना भाइरसको रिपोर्ट टेस्ट पोजेटिभ आएपछि उनी सञ्जय गान्धी पीजिआई अस्पतालमा भर्ना भएकी थिइन् ।

यो भन्दा अगाडि सबै ५ रिपोर्ट उनको पोजेटिभ आएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?