६ पूर्वप्रधानमन्त्रीहरुसँग फोन गरि कांग्रेस सभापति देउवाले गरे यस्तो बाचा

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ६ जना पूर्वप्रधानमन्त्रीसँग फोनबार्ता गरि मुलुकलाई संकटबाट जोगाउन ऐक्यबद्धता व्यक्त गरेका छन् ।

सभापति देउवाले आइतबार दिउँसो पाँच जना पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषद्का तत्कालीन अध्यक्षसँग फोन गरी संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यबद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपिल गरेको बताएका छन् ।

आफूले मुलुकको पछिल्लो अवस्थाका बारेमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनमा कुराकानी गरेको उल्लेख गरेका छन् ।

आइतवार एक ट्वीट गरि सभापति देउवाले नेपाल र नेपाली जनतालाई ऐक्यवद्ध ढंगले अघि बढ्ने अपिल गरेको बताएका छन् ।

यसैकुरालाई उल्लेख गर्दै उनले भने, “आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यवद्ध भएर गम्भीर ढंगले कार्य गरौं, अपिल गरेको छु” ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?