‘धमिलो भएर बिलाउनु भन्दा जलेर सकिनु राम्रो’, कोबेनले लेखेका अन्तिम शब्द !

‘धमिलो भएर बिलाउनुभन्दा जलेर सकिनु राम्रो ।’ कर्ट कोबेनले आफ्नो सुसाइड नोटमा लेखेका थिए…

सन् १९९४ ५ अप्रिल ‘अल्टरनेटिभ संगीत’ इतिहासमा प्रभावशाली रक गायक कर्ट कोबेन यो लोकबाट अस्ताएका थिए । कर्ट कोबेनले वासिङटनको सियाटलको घरमा आत्महत्या गरेका थिए । सेक्युरिटी सिस्टम जडान गर्न गएका इलेक्ट्रिसियनले निर्भानाका लिड गायक कोबेनको शव फेला परेका थिए ।

आत्महत्या गर्नुभन्दा अघि कोबेन अत्याधिक ड्रग्स सेवन गर्न थालेका थिए । उनले बार बार आफैंलाई मार्ने चेतावनी दिएपछि उनको श्रीमतीले प्रहरीसँग मद्धत मागेकी थिइन् । श्रीमती तथा साथीभाईले उनी नियन्त्रणबाहिर गएको देखेपछि सुधार्नका लागि धेरै कोसिस नगरेका होइनन् । उनलाई पछि लस एन्जलसको एक सुधार गृहमा पनि राखिएको थियो ।

कोबेनको शव र सुसाइड नोट ३ दिनपछि फेला परेको थियो । उनले सुसाइड गर्नु अघि अत्यधिक ड्रग्स सेवन गरेका थिए । ग्यारेजमाथिको अपार्टमेन्टमा रहेको सुसाइड नोटमा निल योङको लिरिक्स उल्लेख थियो, ‘धमिलो भएर बिलाउनुभन्दा जलेर सकिनु राम्रो ।’

२७ वर्षको उमेरमै यस संसारबाट बिलिन भएका कोबेन ‘अल्टरनेटिभ संगीत’ इतिहासमा प्रभावशाली रक गायक मानिन्छन् । क्रिस्ट नोभोसेलिक, डेभ ग्रोहल सम्मिलित निर्भाना ब्यान्डमा कोबेन लिड गायक तथा गिटारिस्ट थिए, १९९१ मा सार्वजनिक ‘नेभरल्यान्ड’ एल्बममा समावेश ‘स्मेल्स लाइक टिन स्पिरिट’ ले निर्भानालाई विश्वव्यापी चर्चामा तानेको थियो । ‘ब्ल्यिु’, ‘टेरिटोरील पिसिङ्ग्स’, ‘रेप मी’, ‘स्यापी’, ‘पोल्ली’, ‘स्कुल’ लगायत कोबेन दर्जनौं गीत हिट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?