५०० का १९ करोड थान नोट छापिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ सय रुपैयाँका १९ करोड थान नयाँ नोट छाप्ने भएको छ । आउँदो दशैलाई लक्षित गरेर नयाँ नोट छाप्ने प्रक्रिया शुरु गरिएको राष्ट्र बैंकले जनाएको छ ।

नोट छाप्न नेपाली प्रिन्टिङ कम्पनीले बोलपत्र आवेदन दिन पाउँने छैनन् । आंशिक वा पूर्ण सरकारी स्वामित्वका विश्वस्तरीय सुरक्षा प्रिन्टिङ प्रेसले मात्रै नोट छाप्न बोलपत्र भर्न पाउने बैकले जनाएको छ । राष्ट्र बैंकले आफ्नो समय तालिकाअनुसार नयाँ नोट छपाइको काम नियमित अघि बढाउने गरेको छ ।

अहिले छपाइ प्रक्रिया शुरु गरिएको नयाँ नोट पनि पहिलो ‘लट’दशै अघि प्राप्त हुने अपेक्षा गरिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बताएको छ । यसअघि नै ५ सय दरका नोट छपाइका लागि बोलपत्र जारी गरे पनि कुनै प्रिन्टिङ कम्पनीले छाप्न नमानेपछि राष्ट्र बैंकले पुनः सूचना जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?