एनआरएनएले गर्यो प्रतिव्यक्ति ४० डलरका दरले एक हप्तालाई पुग्ने खाना सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले २०० जनालाई प्रतिव्यक्ति ४० डलरका दरले एक हप्तालाई पुग्ने खाना आपूर्ति गरेको छ । नेपाली विद्यार्थीको बाक्लो उपस्थिति रहेको अस्ष्ट्रेलियामा उनीहरुको सहयोगलाई मध्यनजर गर्दै एनआरएनएले सहयोग गरेको हो ।

सहयोगका लागि अनलाइन फर्मको निर्माण गरिएको र अहिलेसम्म ८०० जनाको सहयोगका निम्ति आवेदन परेको एनआरएनएका अध्यक्ष कुमार पन्तले जानकारी दिए । सहयोगका लागि अस्ट्रेलियामा दूतावास संरक्षक, संघका अध्यक्ष संयोजक, १५ वटा स्थानीय संघसंस्था उपसंयोजक तथा अन्य १५० संघसंस्था सदस्य रहेको एक राहत समिति निर्माण गरिएको छ ।

सो समितिमा सहयोगका लागि आवेदन दिने अन्यलाई पनि समेटिँदै लगिने बताइएको छ । हालसम्म सहयोगका लागि २० हजार डलरको राहत कोष स्थापना गरिएको र थप २० हजार डलर थपिने क्रममा रहेको पन्तले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?