खुकुरी प्रहार गरी छिमेकीको हत्या, चार जना घाइते

काठमाडौं । खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मिक्लाजुङ गाउँपालिका-७ लेकगाउँ बस्ने २६ वर्षीय रामचन्द्र राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

राईले गत शनिबार छिमेकी ५१ वर्षीया गंगा देवी राईलगायत ४ जनालाई खुकुरी प्रहार गरेका थिए । ईलाका प्रहरी कार्यालय खान्द्रुङ र ईलाका प्रहरी कार्यालय रबिबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी गंगा देवी राईको उपचारका क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरु उपचार पश्चात डिस्चार्ज भएका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?