निर्वाचनको सम्पूर्ण परिणाम ५ फागुनसम्म

निर्वाचन आयोगले ५ फागुनभित्र प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने गरी समानुपातिक निर्वाचनसम्बन्धी निर्देशिका संशोधन गरेको छ । प्रतिनिधिसभा समानुपातिक उम्मेदवारको अन्तिम सूची माग्ने र संशोधनका लागि दिइने समयसीमा आधा घटाएर ५ फागुनभित्रै परिणाम सार्वजनिक गर्ने गरी आयोगले निर्देशिका संशोधन गरेको हो राष्ट्रिय सभा निर्वाचन नभएसम्म प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्न नमिल्ने संवैधानिक व्यवस्था देखाएर आयोगले नियोजित रूपमा ढिलाइ गर्दै आएको वाम गठबन्धनले आरोप लगाउँदै आएको थियो । तर, ढिलाइको आरोप खण्डन हुने गरी आयोगले आधा समय छोट्याएको छ ‘संशोधित निर्देशिकाअनुसार प्रतिनिधिसभा समानुपातिक निर्वाचन परिणाम सार्वजनिक गर्ने समयसीमा १० दिनबाट घटाएर पाँच दिनमा झारिएको छ,’ आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘फागुन ५ भित्रै परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने गरी आयोगले तयारीको काम अघि बढाउनेछ ।’ उनका अनुसार आयोगको बैठकले समयसीमा घटाउन समानुपातिक निर्वाचन निर्देशिकाको दफा ३४ र ३५ को प्रावधान संशोधन गरेको छ, नयाँ पत्रिकामा खबर छ यस्तो छ आयोगको आन्तरिक कार्यतालिका२४ माघ : राष्ट्रिय सभा निर्वाचन२६ माघ : राष्ट्रिय सभाको अन्तिम परिणाम२९ माघ– प्रतिनिधिसभाको अन्तिम सूची बुझ्ने२ फागुन– संशोधित सूची बुझाउने अन्तिम समयसीमा५ फागुन– राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने (नोट : ढिलोमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?