वीरगंज । पर्सा क्षेत्र नम्बर १ का माननिय सांसद प्रदिप यादवले आफ्नो सक्रियतामा २४ घण्टामा २० बेडका अलमुनियम र ग्लास बाट निर्मित आईसोलेसन वार्ड निर्माण गराईअस्पताल का मे।सु लाई हस्तान्तरण गरेका छन् ।
वीरगन्ज स्थित नारायणी अस्पताल यस क्षेत्रका बिरामीहरुको भरोसाको केन्द्र बिन्दु रहेको भएता पनि संघीय सरकार र प्रदेश सरकारबाट हालसम्म कोरोना नियन्त्रणको लागी कुनै पनि ठोस प्रकारका सहयोग प्राप्त नभएको मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताए ।

सुपरिटेन्डेन्टकै आग्रह बमोजिम सांसद यादवले आफ्ना हितैसि रुगंटा वेलफेयर सोसाइटि र जगदम्बा ग्रुप तथा लायंस क्लबको सहयोग लिएर बनाइएको २० बेड को आइशुलेशन वार्ड १० लाखको लागतमा निर्माण गरिएको छ ।
आइसोलेशन वार्ड पुर्णरुपमा आज बाट सन्चालनमा आएको सांसद यादवले अस्पतालमा उपस्थित रहेका संचारकर्मिहरुलाई बताए । आफुसंग जनताको सेवागर्ने मन भएपनि प्रयाप्त धन नभएको भन्दै सांसद यादवले धनकै कारण जनताको काम कुनै हालतमा नरुकने र धन भएका साथीसंगीहरुको ठुलो जमात आफुसंग भएकोले जनहितमा लागी रहने बताए ।

यस्तो कार्यमा आफू तन मन धनले जति सक्दो हुन्छ आफू सदैव तयार रहेको सांसद यादवले बताए। निजि अस्पतालहरुले कुनैपनि बिरामी भर्ना नलिएको कारण सुनसान रहेका अस्पतालका भेन्डिलेटरहरुलाई नारायणीमा ल्याउन सरकार तथा सम्बन्धित निकायसंग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया