नेपालमा कोरोनाको नयाँ तीन जना संक्रमित फेला

काठमाडौं – नेपालमा कोरोना भाइरस ‘कोभिड १९ कोरोनाको नयाँ तीन जना संक्रमित फेला परेका छन् ।  भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष, कैलालीको ३४ वर्षीय महिला मा संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कैलालीको ३४ वर्षीय महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त रहेको बताईएको छ ।
पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । संक्रमितमध्ये एकजना उपचारपछि निको भएर घर फर्केका छन् । अरुको उपचार भइरहेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ५९ हजार २२६ जनाको मृत्यु भएको छ भने ११ लाख १८ हजार ५ सय ६२ जनामा संक्रमण देखिएको छ ।

बिहिबार भेटिएका पोजेटिभ भएका व्यक्ति आर ६५२ फ्लाईटबाट चैत्र ४ गते नेपाल आएका थिए ।

यसअघि सोहि फ्लाईटमा आएका दुई जनामा कोरोना संक्रमण देखिएको थियो । हाल उनीहरुको आईसोलेसनमा राखेर उपचार भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालमा जम्मा ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये एकजना उपचारपछि घर फर्किएका छन् भने पाँच जनाको विशेष निगरानीमा उपचार भइरहेको छ ।आज भेटिएकाको स्वाब पुन परिक्षणका लागि पठाइएको छ । सरकारले कोरोना संक्रमण नफैलियोस् भनेर १२ दिनयता लकडाउन गगरेको छ ।

 ६ जना कोरोना संक्रमित नेपाली, को कहाँ बाट आएका थिए ?

पहिलो संक्रमित : चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो

दोस्रो संक्रमित : फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको

तेस्रो संक्रमित : युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको

चौंथो संक्रमित : युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको

पाचौं संक्रमित : बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको

छैठौं संक्रमित : कतार हुँदै फर्किएकी बाग्लुङकी महिलाको २० चैत्रमा पत्ता लागेको

कोरोनाबाट बच्न चाहनुहुन्छ ? यी ८ कुराहरुको ध्यान दिनुहोस् !

कोरोनाबाट कसरी सतर्क रहने ? र के गर्दा कोरोनाबाट बच्न सकिन्छ ? भन्ने बारेमा स्वास्थ्य विशेषज्ञहरुले ध्यान दिनुपर्ने बिभिन्न कुराहरुको बताएका छन् ।

आज हामी तपाईलाई तिनै महत्वपूर्ण कुराहरुको बारेमा जानकारी दिनेछौँ ।

१. कोरोना भाइरसबाट बच्नको लागि हाइजीन बनाइराख्नु पर्दछ । आफ्नो आसपासको सरसफाईमा ध्यान दिनुपर्दछ । खोकी र हाच्छयुँ गर्दा रुमालको प्रयोग गर्नुपर्दछ । समय समयमा साबुन पानीले हात धुनु पर्दछ ।

२. राम्रोसँग हात धुनका लागि साबुन वा स्यानेटाइजरको प्रयोग गर्नुपर्दछ । त्यसपछिहात लगभग २० सेकेण्डसम्म सुकाउनु पर्दछ । हात धोएपछि सफा कपडाले पुछ्ने गरौँ ।

३. घरबाट बाहिर निस्किँदा ‘एन -९५’ मास्क वा सर्जिकल मास्कको प्रयोग गरौँ ।

४. बजारबाट किनिएका कुनै पनि सामान खाद्य पदार्थहरु काँचोमै नखानुस् । मासु सब्जीहरु खानु भन्दा अगाडि राम्रोसँग उमालेर मात्र खाऔँ ।

५. इन्फेक्टेड वा अन्जान व्यक्तिसँग धेरै समयसम्मसँग नबसौँ । कोहि पनि व्यक्तिसँग हात मिलाए पछि साबुन पानीले राम्रोसँग हात धोऔँ ।

६. आँखा, नाक वा मुखमा पटक पटक हात नलगाऔँ । यदि छोइहालेमा तत्कालै हात धोऔँ ।

७. यदि तपाईलाई खोकी लाग्छ, खकार आउँछ र सास फेर्न अफ्ठेरो हुन्छ भने तत्कालै डाक्टरको सल्लाह र सुझव लिने गरौँ ।

८. डाक्टरबाट लिएको सल्लाहलाई नियमित पालना गरौँ ।

यो पनि पढ्नुहोस् : कोरोना भाइरसबाट कसरी बच्ने ?

कोरोना भाइरसबाट कसरी बच्ने ?

जोखिम न्यूनीकरण

हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं
खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं
चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं
मासु र अण्डालाई पकाएर खाऔं
जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं

कति खेर धुने हात ?

खोक्दा वा हाच्छिउँपछि
बिरामी व्यक्तिको स्याहार गरेपछि
चर्पी प्रयोग गरेपछि
हात फोहोर देखिएपछि
बाहिरबाट घर आएपछि
जनावर वा जनावरको फोहोर छोएपछि

कसरी हुन्छ संक्रमण  ? 

चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।

भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।

विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छः

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क (हात मिलाउने) अंकमाल गर्ने, छुने आदि

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

कसरी बच्ने ?

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।

हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं

खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं

चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं

मासु र अण्डालाई पकाएर खाऔं

जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं

कति खेर धुने हात ? 

खोक्दा वा हाच्छिउँपछि

बिरामी व्यक्तिको स्याहार गरेपछि

चर्पी प्रयोग गरेपछि

हात फोहोर देखिएपछि

बाहिरबाट घर आएपछि

जनावर वा जनावरको फोहोर छोएपछि

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?