जनकपुरधाम, २२ माघ – नेपाली काँग्रेस प्रदेश नं २ को संसदीय दलका नेतामा रामसरोज यादवलाई चयन गरिएको छ काँग्रेसबाट प्रदेश नं. २ मा प्रतिनिधित्व गर्ने प्रदेशसभा सांसदको आज यहाँ बसेको बैठकले उहाँलाई सर्वसम्मतिबाट संसदीय दलका नेतामा चयन गरेको हो धनुषा निर्वाचन क्षेत्र नं ३ ‘क’ बाट निर्वाचित यादव काँग्रेसको धनुषा जिल्ला सभापतिसमेत हुनुहन्छ त्यस्तै सङ्घीय समाजवादी फोरमले प्रदेश नं २ को संसदीय दलका नेतामा लालबाबु राउत गद्दीलाई सर्वसम्मतिबाट चयन गरिसकेको छ भने राष्ट्रिय जनता पार्टी, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको नेता चयन गर्न सकेका छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया