काठमाडौं । विजयनगर गाउँपालिकामा आगलागी भएको छ । गाउँपालिकाको वडा नम्बर १ गुगौली गाउँमा शुक्रबार आगलागी भएको हो ।
आगलागीबाट २५ घरगोठ जलेको छ । स्थानीय काशीराम यादवको घरमा आगेको आगो गाउँमा फैलिएको हो । आगो लाग्दा यादव परिवार भने घरमा थिएनन् । उनीहरु खेतमा गएका थिए । आगलागीको कारण खुलिसकेको छैन ।
गाउँमा दिउँसोदेखि लागेको आगो वासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र दमकलको सहयोगमा बेलुकी सहयोगमा साढे पाँच वजे निभाइएको प्रमुख जिल्ला दीर्घनारायण पौडेले जानकारी दिए । आगलागीबाट लाखौंको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया