आहतको बेला राहत : काठमाडौं महानगरपालिका-१६ ले बाँड्यो विपन्न वर्गलाई खाद्य सामग्री

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर-१६ ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावितहरु बनेकालाई राहत वितरण गर्न सुरु गरेको छ ।

वडा कार्डाललयले अतिविपन्न, असाहय र मजदुरवर्गका उपभोक्तालाई राहत वितरण सुरु गरेको वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए । उनले बिहीबार र शुक्रबार गरी ६०० जनालाई राहत वितरण गरिएको र अन्य प्रभावितलाई पनि क्रमशः राहत वितरण गरिने जानकारी दिए ।

रिजालका अनुसार राहत लिनका लागि वडाले महानगरीय प्रहरी बृत्त बालाजु र स्रोहखुट्टे तथा प्रहरी बिट म्हैपी, चःमती, वनस्थली, खरिबोट र सामूदायिक प्रहरी बालाजुबाट फारम लिइ त्यहीँ बुझाउन आह्वान गरेको थियो । जसअनुसार वडा नम्बर १६ भरीका जम्मा ३ हजार ९०० जनाले आवेदन दिएको बताउँदै रिजालले उनीहरुमध्ये ६०० जनालाई राहत वितरण गरिएको र बाँकीलाई क्रमशः वितरण गरिँदै जाने बताए । वडा कार्यालयका अनुसार बिहीबार बालाजुमा ३०० जनालाई र शुक्रबार बनस्थलीमा ३०० जनालाई राहत वितरण गरिएको छ ।

राहत सामग्रीमा चामल, दाल, तेल, मसला, नुनलगायतका खाद्य सामग्री रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?