काठमाडौं । नेपालमा कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमित नभेटिएको जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना आशंकामा १ सय २० जना नेपालीको आईसोलेसनमा उपचार हुँदै गरेको बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले नेपालमा कोरोना भाइरस ‘कोभिड १९’को संक्रमित नभेटिएको बताएका हुन् । उनले नियमित पत्रकार सम्मेलनमा नेपालमा कोरोना संभावित संक्रमणका १ सय २० जना आईसोलेसनमा राखेर चिकित्सकको निगरानीमा उपचार भइरहेको जानकारी दिए । उनले भने, ”स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा भएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमणको पुष्टि भएको छैन । उनले थपे हालसम्म भएको जाँचमा पोखरामा भाइरसको संक्रमण पुष्टि भएको छैन ।”
उनले हालसम्म पोखरामा ७ जनाको नमुना परीक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।
हिजो नेपालमा कोरोनाको छैटौं संक्रमित फेला परेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएअनुसार राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा हिजो गरिएको परिक्षणमा एउटा पोजेटिभ आएको हो । हिजो भेटिएका पोजेटिभ भएका व्यक्ति आर ६५२ फ्लाईटबाट चैत्र ४ गते नेपाल आएका थिए । हिजो आएको यो रिपोर्ट थपिएसँगै नेपालमा संक्रमितको संख्या ६ पुगेको छ । एकजना उपचारपछि घर फर्किएका छन् ।
यसअघि सोहि फ्लाईटमा आएका दुई जनामा कोरोना संक्रमण देखिएको थियो । हाल उनीहरुको आईसोलेसनमा राखेर उपचार भइरहेको छ । सरकारले कोरोना संक्रमण नफैलियोस् भनेर ११ दिनयता लकडाउन गगरेको छ ।
६ जना कोरोना संक्रमित नेपाली, को कहाँ बाट आएका थिए ?
पहिलो संक्रमित : चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो
दोस्रो संक्रमित : फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको
तेस्रो संक्रमित : युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको
चौंथो संक्रमित : युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको
पाचौं संक्रमित : बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको
छैठौं संक्रमित : कतार हुँदै फर्किएकी बाग्लुङकी महिलाको २० चैत्रमा पत्ता लागेको
कोरोनाबाट बच्न चाहनुहुन्छ ? यी ८ कुराहरुको ध्यान दिनुहोस् !
कोरोनाबाट कसरी सतर्क रहने ? के गर्दा कोरोनाबाट बच्न सकिन्छ ? भन्ने बारेमा स्वास्थ्य विशेषज्ञहरुले ध्यान दिनुपर्ने बिभिन्न कुराहरुको बताएका छन् ।
आज हामी तपाईलाई तिनै महत्वपूर्ण कुराहरुको बारेमा जानकारी दिनेछौँ ।
१. कोरोना भाइरसबाट बच्नको लागि हाइजीन बनाइराख्नु पर्दछ । आफ्नो आसपासको सरसफाईमा ध्यान दिनुपर्दछ । खोकी र हाँच्छयुँ गर्दा रुमालको प्रयोग गर्नुपर्दछ । समय समयमा साबुन पानीले हात धुनु पर्दछ ।
२. राम्रोसँग हात धुनका लागि साबुन वा स्यानेटाइजरको प्रयोग गर्नुपर्दछ । त्यसपछिहात लगभग २० सेकेण्डसम्म सुकाउनु पर्दछ । हात धोएपछि सफा कपडाले पुछ्ने गरौँ ।
३. घरबाट बाहिर निस्किँदा ‘एन -९५’ मास्क वा सर्जिकल मास्कको प्रयोग गरौँ ।
४. बजारबाट किनिएका कुनै पनि सामान खाद्य पदार्थहरु काँचोमै नखानुस् । मासु सब्जीहरु खानु भन्दा अगाडि राम्रोसँग उमालेर मात्र खाऔँ ।
५. इन्फेक्टेड वा अन्जान व्यक्तिसँग धेरै समयसम्मसँग नबसौँ । कोहि पनि व्यक्तिसँग हात मिलाए पछि साबुन पानीले राम्रोसँग हात धोऔँ ।
६. आँखा, नाक वा मुखमा पटक पटक हात नलगाऔँ । यदि छोइहालेमा तत्कालै हात धोऔँ ।
७. यदि तपाईलाई खोकी लाग्छ, खकार आउँछ र सास फेर्न अफ्ठेरो हुन्छ भने तत्कालै डाक्टरको सल्लाह र सुझव लिने गरौँ ।
८. डाक्टरबाट लिएको सल्लाहलाई नियमित पालना गरौँ ।
यो पनि पढ्नुहोस् : कोरोना भाइरसबाट कसरी बच्ने ?
कोरोना भाइरसबाट कसरी बच्ने ?
जोखिम न्यूनीकरण
हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं
खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं
चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं
मासु र अण्डालाई पकाएर खाऔं
जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं
कति खेर धुने हात ?
खोक्दा वा हाच्छिउँपछि
बिरामी व्यक्तिको स्याहार गरेपछि
चर्पी प्रयोग गरेपछि
हात फोहोर देखिएपछि
बाहिरबाट घर आएपछि
जनावर वा जनावरको फोहोर छोएपछि
कसरी हुन्छ संक्रमण ?
चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।
भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।
विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छः
हावाको माध्यमबाट
प्रत्यक्ष सम्पर्क (हात मिलाउने) अंकमाल गर्ने, छुने आदि
भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा
कसरी बच्ने ?
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।
हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं
खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं
चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं
मासु र अण्डालाई पकाएर खाऔं
जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं
कति खेर धुने हात ?
खोक्दा वा हाच्छिउँपछि
बिरामी व्यक्तिको स्याहार गरेपछि
चर्पी प्रयोग गरेपछि
हात फोहोर देखिएपछि
बाहिरबाट घर आएपछि
जनावर वा जनावरको फोहोर छोएपछि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया