जस्तोसुकै परिस्थितीमा पनि प्राइम लाइफ सेवा दिन तयार छ : सीईओ भट्टराई

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न देश अहिले लकडाउनमा छ । त्यसैको कारण जनताको जीवन कष्टकर हुँदै गएको छ । लकडाउनको कठिन अवस्थामा पनि अत्यावश्यक केहि सेवाहरु संचालनमा छन् । बैंकहरुले सिमित सेवा भएपनि संचालन गर्दै आएका छन् ।
‘विपदमा बीमा’ भन्दै आएका नेपालका बीमा कम्पनीहरु भने केहि सुस्त देखिएका छन् । के गर्दै छन् त हाम्रा बीमा कम्पनीहरु लोकपथले बुझ्ने प्रयास गरेको छ।

यसै क्रममा अग्रणी जीवन बीमा कम्पनी प्राइम लाइफमा लोकपथ पुगेको छ। प्रस्तुत छ, प्राइम लाइफ ईन्स्योरेन्सका सीईओ मनोजकुमार भट्टराईसँग लोकपथले गरेको अन्तर्वार्ताको सम्पादित अंशः

लकडाउनको अवस्थामा पनि धेरै अत्यावश्यक सेवा प्रदायकहरुले पूर्ण रुपमै नभएपनि आंशिक सेवा प्रदान गर्दै आएका छन् तर बीमा कम्पनीहरु भने बन्द प्राय छन् । प्राइम लाइफ जस्तो अग्रणी कम्पनी पनि ताला नै लगाएर बसेको जस्तो छ । ‘विपदमा बीमा’ भन्दै आउनु भएको तपाईंहरु कता हराउनु भयो ?

हामी हराएको होइन। बन्द पनि होइन हामी सेवाको लागि तयार छौँ । आवागमनमा हाल अफ्ट्यारो भएको हुनाले र सरकारको आदेशको पालना गर्नुपर्ने भएकोले भिडभाड गर्ने कुरो पनि भएन र हामीले दिनुपर्ने सुविधा अन्य डिजिटल माध्यम र टेलिफोन सम्पर्कबाट समेत दिइनै रहेका छौँ। ५ लाखसम्मको बीमा बीमकले चाहेमा हाल घरबाटै फोन र डिजिटल पेमेन्टको माध्यमबाट गर्न सक्छन्।  हाम्रा कर्मचारीहरु यसका लागि २४ घण्टा तयार छन्।

यसका साथै ग्राहकले नयाँ बीमा गर्न चाहेमा अहिलेलाई हामीले आवश्यक पेपर वर्क समेत पछि गर्ने गरि तुरुन्त ‘पोलिसी’ जारी गर्ने व्यबस्था मिलाएका छौ ।

यसको साथै कुनैपनि ‘सेटलमेन्ट’ जस्तोसुकै अवस्था, परिस्थिती र स्थानमा दिन प्राइम लाइफ तत्पर छ । हाम्रो टिम यसको लागि २४ घण्टा स्टयान्डबाइ छ । अर्को सेवाग्राही यदि कार्यालय मै आउन चाहन्छन् भने पनि हामी खुला छौँ र सम्पूर्ण सेवा दिन तत्पर छौ, हामी बन्द होइन सामान्य दिनहरु भन्दा अझ बढी ‘रेस्पोन्सिबल’ भएर उभिएको छौ ।

लकडाउनको अवस्थामा जसरी राष्ट्र बैंक र अन्य बैंकहरुले जुन किसिमको तदारुकता देखाए र सेवा संचालन गरिरहेका छन् त्यसको तुलनामा बीमा समिति र बीमा कम्पनीहरु सुस्त र बरु कन्फ्यूजनमा नै छन् जस्तो त देखिन्छ नि ? संकटको बेलामा ‘साइलेन्स’ पो भयो भनेको ?

होइन यसलाई अलिकति फरक तरिकाले बुझ्नुपर्छ बैंक र बीमाको ‘अप्रेसन मोडालिटी’ फरक हुन्छ, हामीले या त नयाँ सेवा खरिद गर्ने अथवा पुरानो पोलिसीहरुको निरन्तरता दिने काम गर्छौ, हाम्रो काउन्टर प्रेसर बैंक जस्तो हुँदैन । निरन्तरता दिने जस्ता ‘रेगुलर’ काम ‘डिजिटल प्लेटफार्म’बाट गर्न सकिहालिन्छ, जहाँसम्म नयाँ सेवाको कुरा छ हामीले अन रिक्वेस्ट सूचना अधिकारी र अन्य कर्मचारीलाई खटाएर कुनै पनि माध्यमबाट सेवा दिने व्यवस्था मिलाएकै छौँ । ग्राहकले खोजेको अवस्थामा हामी तत्परै छौ, अहिले त ग्राहक पनि आफैँ अफिस आउनुको साटो डिजिटल प्याल्टफर्म बाटै सेवा लिन चाहन्छन्, आवत जावत सम्भव छैन। तर आवश्यक्तका अनुसार बीमा कम्पनीहरु काउन्टर ‘सर्भिस’ मात्र होइन ‘डोर टु डोर’ सर्भिस दिन पनि तयार छन् ।

नेपालमा बीमा व्यवसायको ईतिहास त लामै छ, करिव करिव नेपाल बैंककै ईतिहासको हाराहारिको छ , तर बजार बिस्तारको हिसाबले बीमा उद्योग अझै विस्तृत हुन सकेको थिएन । त्यसमाथि अहिलेको यो कोरोना संकट र यसले भविष्यमा ल्याउने ‘चेन इकोनोमिक सेटब्याक’, बीमा क्षेत्रमा कस्तो नकारात्मक असर पर्न सक्ला कुनै अनुमान गरिएको छ ?

हो, बीमा सेक्टरको नेपालको जीडीपी मा करिव करिव ३५ प्रतिशतको योगदान पुगेको र बल्ल आएर एउटा सकारात्मक बजार विस्तारको अवस्था महसुस हुन लागेको आजको अवस्थामा यो कोरोनाको कहर र यसले अर्थतन्त्रमा पार्ने केहि नकारात्मक असर त पर्छ नै । एकातिर अझै बीमाप्रति जनचेतनाको पहिले नै अभाव थियो, मानिसहरुले गाँस, बास र कपासपछि स्वास्थ्य, शिक्षा र बीमा अपरिहार्य हो भनेर अझै बुझी नसकेको अवस्थामा यो कोरोना महामारी पछि केहि समय फेरी जनतालाई बीमा प्रति जागरुक हुन अवश्य समय लाग्छ ।

तर यसले हामीलाई एउटा लेसन पनि दिएको छ । विपतमा बीमाको महत्व यो महामारीले पनि जनतालाई अझ राम्रोसँग बुझाउन मद्दत पनि गर्ने देखिन्छ । चेतनाको स्तरमा बृद्धि पनि आउन सक्छ । विगतका बर्षहरुमा पनि बीमा बजारको ‘ग्रोथ प्रोजेक्सनको ट्रेन्ड एनालिसिस’ गर्ने त्यति विकसित ‘मेकानिजम’ छैन हामीसँग कहिले एकदम धेरै माथि बढेको छ, कहिले घटेको छ ।

यस्तो अवस्थामा अब लाइफ नर्मल भएपछि हामी नियामक निकाय, बीमांक संघ र अन्य सरोकारवाला सबैले मिलेर यसको एनालिसिस गर्दै बीमामा जनचेतना र बजार वृद्धिको काम भने गर्नु आवश्यक छ । तर आजको दिनमा जीवन बीमा गरेका मानिसहरुलाई अवस्य पनि मानसिक शान्ति पक्कै छ र यसले गर्दा यसको कारण अरुमा पनि पोजेटिभ मेसेज जाने आशा गरौँ ।

अब प्राइम लाइफको कुरा गरौ न, १९ जीवन बीमा कम्पनी छन् । हामी कहाँ यो भिडमा प्राइम लाइफको पोजिसन कहाँ छ? ‘कम्पिटिसन’ त ‘टफ’ छ नि हैन र ?

हाम्रो पोजिसन कम्फर्टेवल छ । एउटा मात्र इन्डिकेटर हेरेर हुँदैन ।न्यू विजनेस इन्डिकेटरको हिसावमा हामीहरु सायद ८/९ नम्बरमा पर्छौ । ‘होल टोटल प्रिमियम’को हिसाबले पनि ८ नम्बर तिर देखिन्छौ इपिएस  हाम्रो १५ दशमलव ६० भएको हिसाबले लगानीको आधारमा हामी १/२ नम्बर कै कम्पनी हौँ । नेटवर्कको हिसाबले पनि २/३ र मानव संसाधनको हिसावले ४ नम्बरमा छौँ, एभरेजमा भन्ने हो भने हामी बजारमा ७/८ को पोजिसनमा छौँ र हाम्रो ग्रोथको ठूलो सम्भावना छ ।

ग्रोथको पोटेन्सियल त भनि हाल्नु भयो तर कसरी ग्रोथ हेर्नुहुन्छ ? जीवन बीमा कम्पनीले बेच्नु पर्ने फिलिङ्स अफ सेक्युरिटि र ‘फिलिङ्स अफ इन्सोरेन्स अन कम्पनी’ हो तर नेपालमा त सबै बीमा कम्पनीहरु बोनस मार्केटिंग र पैसा डबल जस्तो फिक्स र हाई रिर्टन्स्लाई सेलिङ्ग टुल्सको रुपमा प्रयोग गर्छन् । बीमा कम्पनीहरु भित्रै तीव्र प्रतिष्पर्धा र ‘अनइथिकल प्राक्टिस’ छ ?

हो एउटा प्रुडेन्ट नम्समा बसेर बीमा गर्ने कम्पनीले ग्यारेन्टी गर्न सक्ने भनेको बीमांक रकम मात्र हो। त्यसपछि एउटा अनुमानित रेभिन्यू र रिटर्न फोर्कास्ट गर्न सकिन्छ, नेपालमा जीवन बीमामा मुनाफामा पोलिसीहरु संचालनमा रहेको हुँदा बोनस यसको आकर्षण हो तर यो बोनस वा पैसा डबल भनेर गर्ने व्यवसाय हुँदै होइन । यो जोखिम वहन गर्ने हो, जोखिम व्यवस्थापन गरिदिने हो र बीमांक रकम बराबरको जिम्मेवारी बीमा कम्पनीले लिने हो ।

मुनाफा भनेको हुन् पनि सक्छ नहुन पनि सक्छ आजको दिनमा कुनै पनि कम्पनीले यति नै कमाउँछ र यति नै वोनस कमाउँछ भनेर आस्वासन दिन्छ भने त्यो भन्दा ठुलो गलत कुरा अरु केहि हुँदै हुँदैन हामी त २०/३० वर्षको लागि कसैको बीमा गर्दछौ । ३० वर्ष पछिको मुनाफा प्रोजेक्सन कसैले गर्न सक्छ र यो एकदम गलत हो प्राइम लाइफले यो गर्दैन मैले मेरा अभिकर्ता र मार्केटिङलाई यस्तो नगर्न निर्देशन नै दिएको छु, तपाईं भेरिफाइ नै गर्न सक्नु हुन्छ ।

एउटा सीइओले अन्तर्वार्ता दिँदा यस्ता आशावादी कुरा त गर्नै पर्छ, तर कम्पनीका इन्भेन्टर र बोर्ड अफ डाइरेक्टरहरुले मुनाफाको लागि सीइओलाई यस्तै कामको दवाव दिन्छन र सीइओ पनि बाध्य हुन्छ ? के गरोस उसको पनि जागिरको /क्यारियरको प्रश्न हुन्छ, है ?

कम्पनीका इन्भेटरहरुले उचित प्रतिफल आशा गर्नु नाजायज कुरा होइन तर ‘फल्स सेलिङ्ग’ गर्नुपर्छ भन्न पाइदैन प्राइम लाइफमा घमण्ड का साथ भन्नु पर्दा मलाई यस्तो खालको प्रेसर छैन  ‘प्रुडेन्ट स्याटलमेन्ट’मा बसेर म काम गर्छु ।

इन्भेन्टरले कम्प्लाइन्स बुझेको पनि हुँदैन र बुझ्न पनि चाहदैन अनि दवाव फेरी सीइओ मै ? तेसो भए ‘कम्प्लाइन्स इन्ट्याक्ट’ राख्ने इन्डिकेटमा प्राइम लाइफ र मनोजकुमार भट्टराईको पोजिसन कति नम्बरमा छ त ?

मेरो कम्प्लाइन्सको पाटो मा त म त एक नम्बरमा छु , हाम्रो १७ वटा जति प्रडक्ट छ, विजनेस स्ट्याटेजी छ , प्रडक्ट मिक्सको आफ्नै प्लान छ । पोर्टफोलियो मिलाएर नेपालको बीमा समितिले जारी गरेको र हाम्रो नर्म्स भित्र हामी चल्ने हो । प्राइम लाइफ लाई तीव्र मुनाफाको कुनै हतार पनि छैन ।

प्राइम लाईफको फोकस के हो कर्पोरेट इन्सुरेन्स वा मास इन्डिभ्युजल इन्सुरेन्स ? 

हाम्रो दुवै हो तर व्यालेन्स हाम्रो देशैभरि नेटवर्क ठुलो छ, १६८ वटा आफ्नै शाखा उपशाखा छन् , हाम्रा टोटल ट्रेन्ड एजेन्ट ६० हजार छन् र एक्टिभ एजेन्ट नै ८ हजार छन्, इस्ट रस वेस्ट मार्केटिंग हेड म लिडरसिप नारायणघाटलाई बेस मानेर हामी अप्रेसनमा छौ, यो फोर्स हाम्रो इन्डिभ्युजल इन्सुरेन्स सेलिङ्ग फोर्स हो ।

कर्पोरेट सेल्सको लागि हाम्रो नेसनल लेवलको अर्को एउटा युनिट छ ।अहिले कर्पोरेट इन्सुरेन्समा हाम्रो पोर्टफोलियो ५्६ प्रतिशत मात्र छ तर यहाँले अघि सोध्नु भएको जस्तो कर्पोरेट इन्सुरेन्समा वोसन र पैसा डबल जस्ता चुनौती हुँदैन र यो विशुद्ध निगोसिएसन डिलिंङ्ग क्यापासिटीमा भर पर्ने कुरा पनि हो । यो बर्षको मेरो टार्गेट ८ प्रतिशत छ कर्पोरेट इन्सुरेन्समा , र यसलाई बिस्तारै २५ प्रतिशतसम्म पुर्याउनु पर्छ  ओभरअल बिज्नेसको हिसावले भन्दा फर्स्ट प्रिमियम मा हाम्रो यो बर्ष १ अर्ब ६५ करोड को टार्गेट हो  यसै अनुरुप हामी अगाडी बढ्ने छौ ।

देश कोरोना भाइरसको कारण लकडाउनमा छ, नेपालीहरु को जीवन कष्टकर हुँदै गैरहेको छ  प्राइम लाइफ का बीमितहरु तपाईहरुको सन्देश के दिनु हुन्छ ?

हाम्रा आदरणीय बीमा समिती ग्यारेन्टी दिन चाहन्छु प्राइम लाइफ सम्पूर्ण रेगुलेसन र कम्पालायन्स पालना गरेर काम गर्ने कम्पनी हो, यहाँहरुले खरिद गर्नुभएको बीमाको पूर्ण जिम्मेवारी हामी पुरा गर्ने छौ  । हाम्रा ग्राहकले तिरेको प्रत्येक रुपैयाँको भ्यालुको हामी उचित प्रतिफल दिन प्रतिबद्ध छौ
कोरोना भाइरसले एक पटक फेरी हामीलाई सचेत गराएको छ हाम्रा प्रस्तावित बीमितहरुलाई पनि तपाइहरुको जीवन अमुल्य छ र बीमा गरेर यसलाई कमसे कम आर्थिक रुपले मात्र भएपनि सुरक्षित बनाउनु हुन प्राइम लाइफ र म अनुरोध गर्दछौँ ।

लोकपथः धन्यवाद्
मनोजकुमार भट्टराईः धन्यवाद् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?