दोलखामा बोलेरो दुर्घटना हुँदा एकै गाउँका पाँचजना घाइते

काठमाडौं । दोलखामा बोलेरो दुर्घटना हुँदा एकै गाउँका पाँचजना घाइते भएका छन् । गौरीशंकर गाउँपालिका ५ सुरीको घामतारामा शुक्रबार दिउँसो बा १८ च ५१४८ नम्बरको बोलेरो दुर्घटना हुँदा पाँचजना घाइते भएका हुन् ।

बोलेरो सडकबाट करिब पाँच मिटर तल पल्टिएको छ । दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । ३५ वर्षीय बोलेरो चालक प्रेमबहादुर गुरुङ र २५ वर्षीय पवन गुरुङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते चार जनाको प्राथमिक उपचार गरी हेलिकप्टरबाट काठमाडौं पठाइएको छ। घाइते सबै एकै गाउँका रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?