पहिले विवादित अहिले मर्यादित : कोहपुरमा नागरिक र प्रहरी सम्बन्ध लोभलाग्दो

काठमाडौं – इलाका प्रहरी कार्यालय कोहलपुर बेलाबखतमा विवादमा आइरहने क्षेत्र हो । विवाद पनि सामान्य किसिमको होइन कहिले प्रहरीले निर्दोष नागरिकलाई फसाएको छ भन्दै, कहिले न्यायको खोजीमा शान्तिपूर्ण आन्दोलनमा लाठी , बुट र गोलि बर्साएको भन्दै ।

कोहलपुर क्षेत्रका नागरिक यो अवस्थासम्म पुगेका थिए कि सो क्षेत्रका प्रहरी नेतृत्व परिवर्तन हुनैपर्छ भन्ने निष्कर्षसम्म । यो अवस्थामा पुगेका नागरिकको सामान्य बुझाई भनेको प्रहरी मेरो साथी नभई दुश्मन हो भन्ने एक किसिमको धारणा बनेको थियो वा हुन्थ्यो भन्न सकिन्छ । तर प्रहरीले आफ्नो आचरणमा सामान्य समिक्षा अझ भनौ प्रहरीको नेतृत्वले नागरिकसँग समदुरीको सम्बन्ध राख्न चाहने हो भने प्रहरी र नागरिक साथिजस्तै रहन्छन् र शान्ति सुव्यवस्थापनि चुस्त दुरुस्त रहन्छ भन्ने उदाहरणपनि इलाका प्रहरी कार्यालय कोहलपुरमा नै देखिएको हो ।

इप्रका कोहलपुरमा प्रहरी संगठन निकै आलोचित बनेपनिको नेतृत्व सम्हाल्न पुगेका प्रहरी नायब उपरिक्षक(डिएसपी) कुलदिप चन्दले कोहलपुर क्षेत्रमा चामत्कारिक परिवर्तन ल्याएका छन् । लकडाउनले नागरिकलाई समस्या छ घरमा ?आवश्यकता पूर्ति गर्छ प्रहरी क्षणभरमा विश्वव्यापी महामारिको रुपमा रहेको कोरोना भइरसको थप संक्रमण बढ्न नदिनको लागि नेपाल लकडाउन छ ।

हरेक ठाँउमा केहीले बाध्यताले त केहीले रहरले पनि लकडाउन उल्लंघन गरिरहेका हुन्छन् । तर इप्रका कोहलपुरले भने गज्जबको शैली अपनाएको छ ।

समस्यामा रहेका हुन् या जानाजान लकडाउनको बेवास्ता गर्दै उल्लंघन गर्ने किन नहुन् सबैको सवारी लकडाउनको समयअवधीभर कब्जामा लिने गरेको छ । अब प्रश्न उठ्न सक्छ, कोही बिरामी होला उसको आफन्त औषधी किन्नको लागि बजार जाँदा प्रहरीले उसको सवारी साधन नियन्त्रण्मा लिएपछि त्यो बिरामीको हालत के होला ? प्रहरीले कोहलपुर नगरपालिकासँगको समन्वयमा तिनवटा गाडी स्टेण्डबाई राखेको छ । हरेक घरमा जे समस्या छ तत्काल आफैले गाडीमा ल्याउने र लैजाने प्रवन्ध मिलाएको छ ।

प्रहरीले यसरी घरघरमा गएर हरेक समस्यामा त्यहाका नागरिक र प्रहरीबिच त रहेको कटुतापूर्ण सम्बन्धको अन्त्यमात्र भएको छैन लकडाउनमा प्रहरी २४ सै घण्टा स्टेण्डवाई रहनुपर्ने र बजारमा पर्याप्त उपभोग्य बस्तु नरहेको भन्दै स्थानीय स्वःस्फूर्त प्रहरीलाई विभिन्न किसिमको सामग्री सहयोग गरिरहेका छन् ।

हामिले केही आवश्यक वस्तु हामीले उपभोग गरेका छौ भने जनताको सहयोग गरेका उपभोग्य बस्तु लकडाउनमा समस्यामा परेकालाई पनि सहायता गरिरहेका छौ , डिएसपी चन्दले थपे, ”आज राष्ट्र महामारिको भयावह चपेटा बाट ग्रसित छ । नेपाल आमाको यस रोदनमा थोरै भएपनि स्याहार सुसारको प्रयासमा सहभागी हुने अवसरका लागि गौरवको अनुभुति भइरहेको छ। देश संकटमा परेको बेला राष्ट्रसेवा गर्न र नागरिकको ज्युधनको सुरक्षार्थ जीवन समर्पण गर्ने सपथ लिइ यस संगठन सँग साइनो गाँसे। आजको जस्तो यस्तो संकट मुलुकले कहिले ब्यहोर्नु पर्ला भन्ने कुरा हामी कसैले न सोचेका थियौ न कल्पना नै । नागरिकका दैनिकि प्राय शुन्य छन्। जीवन रक्षार्थ यो अवस्था अनिवार्य सर्त बनिदियो, राज्यले यस दुखद घडिमा राष्ट्रबासि संग सम्पुर्ण दैनिकि यथावत राखि सुरक्षित हुन अपिल गरेको छ। यस्लाइ ब्यवस्थित बनाउन नेपाल प्रहरीलाई जिम्मेवारी तोकि दियो। प्रहरिको पहिलो प्राथमिकता नागरिक हरुलाइ आआफ्नो बाँस स्थानमा सावधानि अपनाइ बिना हिडडुल बस्न आग्रह गर्ने र अत्त्यावस्यक सेवा सुविधाको सहजतामा राज्यका सरोकारवाला निकाय हरु संग जुट्नु बन्यो। यो अभ्यास आम जनमानसमा कतै हतास त कतै आक्रोस त कतै सतर्कता को रुपमा ब्यक्त भएको पाइयो। मेरो कार्यक्षेत्र रहेको कोहलपुरले मलाइ अत्यन्तै हौसला र प्रेरणा दिइरहेको छ। स्थानिय सरकार कोहलपुर नगरपालिकाले सवारि साधन लगायत स्वास्थ्य सामाग्री , उद्योग बाणिज्य संघले प्रहरिको लागि खाजा र खानेपानी , त्यस्तै स्थानीय व्यापारी उद्योगि हरुले जरुरी खाद्यान्न, खाने पानी, मास्क, ग्लब्ज्, सेनिटाइजर सहयोग दिई रहनु भएको छ। यस्तो असीम मया र स्नेह प्रकट गरि नेपाल प्रहरिको सेवाप्रवाहको उच्च मुल्यांकन गरेको देख्दा म र मेरो टीमका सबै प्रहरी कर्मचारिहरु यस पेशा प्रति झनै गौरवको अनुभुति गरिरहेका छौ। हामी सडकको हिडडुल प्राय शुन्य पारिदिन अनुरोध गर्दै हिडेका छौ सबै ठाउ बाट सकारात्मक सहयोग पाइराखेका छौ। यदाकदा शुरु शुरुका दिनमा जरुरी कामले निस्केका सवारीसाधन नियन्त्रणमा लिदा थोरै चित्त दुखाएपनि उहाँ .हरुको समस्या समाधान गरि हाम्रै सवारि साधनमा उहाँहरुको गन्तव्य सम्म पुयाइ दिदा उहाँहरुको पिडामा थोरै भएपनि सहयोग हुने प्रयास गरेका छौ। दिउँसो, राति अबेर बिरामि हुदा वा औषधी सकिएर किन्न नपाउदा सहयोगको माग गर्दा र त्यसको लागि खटिन पाउँदा मानव सेवाको पुण्य कर्ममा थोरै भएपनि सत्कर्ममा जुट्न सौभाग्य प्राप्तिको अनुभुति हुन्छ। यदि नागरिकका तर्फबाट आज राज्यलाइ केही योगदान गर्न चाहनु हुन्छ भने तपाईं आफ्नो घरभित्र सुरक्षित र सावधानि पुर्वक बसिदिनुस् त्यहि तपाइको देशलाई ठूला योगदान हुनेछ। कोहलपुर नगरबासीको यस्तै सद्भाव र स्नेह सदैब प्राप्त भइरहोस् ।” 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?