सप्तरीमा एक नकली मतदाता पक्राउ

राजविराज, २ असोज ।प्रदेश नं २ अन्तर्गत आज भइरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट आज एक नक्कली मतदाता पक्राउ परेका छन ।पक्राउ पर्नेमा सोही ठाउँका १९ वर्षीय सञ्जय चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।सञ्जयले दुर्गानन्द चौधरीको नामबाट मतदान गर्न नक्कली मतदाता बनेर आएको निर्वाचनमा खटिएका पधाधिकारीले फेला परेपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?