कोरोना आशङ्कामा वीरगञ्जमा एक जना आइसोलेसनमा

काठमाडौं । कोरोना संक्रमणको आशङ्कामा वीरगञ्जमा एक बिरामीलाई भर्ना गरिएको छ । बाराको कलैया-२६ का ७० वर्षीय वृद्धमा कोरोना भाइरस संक्रमणको आशङ्कामा वीरगञ्जको नारायणी अस्पतालमा राखिएको छ ।

एक साताअघि भारतबाट फर्केका उनमा कोरोना भाइरसको संक्रमणसँग मिल्दो जुल्दो लक्षण देखिएको अस्पतालका चिकित्सकले बताएका छन् । प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई बिहीवारबाटै आइसोलेसनमा राखिएको छ ।
कोरोना भाइरस संक्रमणको आशङ्कामा अस्पतालमा ठोरीबाट आएका थप दुुईजना आइसोलेसनमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?