कोरोना रोक्न थाइल्याण्डमा रात्रिकालिन कर्फ्यू, उल्लंघन गर्नेलाई २ वर्ष जेल सजाय

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न थायल्याण्डमा ६ घण्टाको रात्रिकालिन कर्फ्यू लगाइँदैछ । आदेश उल्लंघन गरेमा दुई वर्षको जेल सजाय समेत हुने सरकारी अधिकारीहरुले जानएका छन् ।

कर्फ्यू रातको १० बजेदेखि ६ घण्टासम्म हुनेछ । स्वास्थ्यकर्मी सहित अत्यावस्यक सेवामा लागेका कर्मचारीको लागि आदेश लागु हुँदैन । थाइल्याण्डमा हालसम्म १ हजार ८ सय ७५ संक्रमित पुगिसकेका छन् । साथै १५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?