मस्जिदमा लुकेर बसेका २६ लाई पक्राउ गरी क्वारेन्टाइनमा

काठमाडौं । भारतको दिल्लीमा मुस्लिमको धार्मिक सभामा सहभागी भई नेपाल प्रवेश गरेको आशंकामा पर्साबाट प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएको छ ।

पर्साको ग्रामीण भेगमा रहेका मदर्शा र मस्जिदमा लुकेर बसेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पर्साको पटेर्वासुगौली गाउँपालिका– १ कन्चनपुर गदियानीस्थित मदर्शामा लुकेर बसेका ११ जनालाई प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिएको छ । उनीहरू सबैलाई वीरगन्ज श्रीपुरस्थित सिद्धामार्थ माविको क्वारेन्टाइनमा राखिएको छ ।

प्रहरीले गदियानीको मदर्शाबाट नियन्त्रणमा लिएका सबै ११ जना रौतहट घर भएका मुस्लिम समुदायका हुन् । रौतहटको यमुनामाई गाउँपालिका ३ हजमीनियाका ६, वडा नम्बर ४ सरुअठाका १, राजपुर नगरपालिका–२ फतुहा महेशपुरका ४ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?