नेपाल टेलिकमद्वारा कोरोना कोषमा १२ करोड सहयोग

कठमाडौं । नेपाल टेलिकमले कोरोना नियन्त्रण तथा रोकथाम कोषमा १२ करोड सहयोग गरेको छ । उक्त कोषमा कम्पनीको तर्फबाट १० करोड तथा कम्पनीको तर्फबाट २ करोड रुपैयाँ प्रदान गरेको हो ।

बिहीवार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यक्रममा उक्त रकम प्रदान गरिएको हो । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले १२ करोडको चेक प्रधानमन्त्री कार्यालयका सचिव तथा कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषका सदस्य-सचिव नारायण प्रसाद विडारीलाई हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा अर्थ र सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडा तथा उद्योग, वाणिज्य तथा आपुर्तीमन्त्री लेखराज भट्टको उपस्थिती रहेको थियो ।

त्यस्तै आगामी दिनहरुमा पनि कम्पनीले सरकारलाई सहयोग गर्ने प्रतिवद्दता समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?