यस्तो छ चैत २१ गते शुक्रवारको राशिफल

वि.सं. २०७६ चैत्र २१ गते । शुक्रबार । इ.स.२०२० अप्रिल ०३ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । ने.सं. ११४० सिल्लागा । चैत्र शुक्लपक्ष । तिथी– दशमी,१९ बजेर ४७ मिनेट उप्रान्त एकादशी । नक्षत्र– तिष्य,१३ बजेर ५५ मिनेट उप्रान्त अश्लेषा । योग– सुकर्मा,०८ बजेर ४८ मिनेट उप्रान्त धृति । करण– तैतिल,०८ बजेर ३४ मिनेट उप्रान्त गर,१९ बजेर ४७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा उत्पात योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय ६ बजेर ५४ मिनेटमा, सूर्यास्त १८ बजेर २१ मिनेटमा । दिनमान ३१ घडी ०८ पला । श्रीश्वेतमत्स्येन्द्रनाथ रथयात्रा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ): राजनीतिज्ञ तथा समाजसेवीका लागी समय मध्ययम रहेपनि कृषक तथा जागिर गर्नेहरुका लागी समय उत्तम रहेको छ । घरजग्गा तथा सवारी साधन सम्बन्धि विवादमा सामेल नहुनुहोला । अध्ययनमा मन नजाँदा अरु नै हावी हुनेछन् । स्वास्थ्यमा समस्या आउँनाले दैनिक काम प्रभावित हुनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागी समय मध्ययम रहेको छ । सरसफाईमा ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो): आँट,साहस तथा पराक्रममा बृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय फलदायी रहेको छ । साथै सरसफाईमा ध्यान दिनुहोला । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा): आफन्त तथा कुुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउँनेछ भने मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । पढार्इ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेमील जोडीहरुले रमाईलो ठाउँको यात्रा गरी दिन व्यातित गर्न सक्नेछन् । वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । सरसफाईमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो): पुराना कमिकमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आउँनेछ । माया प्रेममा रमाईलो गर्दै समय व्यातित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । सरसफाईमा ध्यान दिनुहोला । वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे): लगानी गर्दा ध्यान दिनुहोला प्रतिफल पाउँन निकै समय खट्नु पर्नेछ । व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनुनै राम्रो रहेकोछ । कृषि तथा पशुपालन पेशा व्यावसाय गर्नेहरुका लागी समय फलदायी रहने छ । पढाइ लेखाइमा अली वढी मेहनेतको खाचो पर्ने देखिन्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो): लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् । परिवारका ईच्छा,आकांक्षा तथा मनोकामना पुर्ति गर्न सकिनेछ । पैत्रिक धन तथा सञ्चित धनको प्रयोग गर आम्दानीमा बृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलाई उछिन्दै अग्र स्थानमा आउन सकिनेछ । प्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला । वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते): शुभचिन्तक तथा परिचित व्याक्तीबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । पुर्खौली धन तथा सम्पतीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउँन तपाईको महत्वपुर्ण भुमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा पथ प्रगाडता थपिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला । वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू): सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक चिन्तन गर्न सकिने समय रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेको छ । प्रमिल जोडीहरुका लागी समय उत्तम रहेको छ । तरपनि स्वास्थ्यमा समस्या आउँनाले दैनिक कामहरु प्रभावित हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे): खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । सामाजिक काममा समय दिन नसकिने हुनाले जिम्मेवारी वहन नगर्नु नै ठिक हुनेछ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेममा धोका हुनेछ । भौतिक सम्पती प्रयोग गर्दा ध्यान दिनुहोला । सरसफाईमा ध्यान दिनुहोला । वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): माया प्रेममा नजिक हुने समय रहेको छ । भौतिक बस्तु तथा बिलाशी सामानको प्रयोग गरी अरुको ध्यान तान्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ । सरसफाईमा ध्यान दिनुहोला । वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा): कुनै पनि विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा एक कदम अगाडी बढ्न सकिनेछ । सत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ती पाईनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउँनेछ । खर्च बढेपनि उपलव्धी मुलक कामहरु हुनेछन् । सरसफाईमा ध्यान दिनुहोला । वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): पढाइ लेखाइमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने बिभिन्न वस्तु तथा उपाहार प्राप्त हुनेछ । आफन्त तथा सन्तानको प्रगतिमा मन रमाउँनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ भने तपाईको प्रस्तुतिले सबैको मन आकर्षित गर्नेछ । सरसफाईमा ध्यान दिनुहोला । वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?