शर्तसहित उद्योग प्रतिष्ठानहरु खोल्न दिने सरकारको निर्णय

काठमाडौं । सरकारले उद्योग प्रतिष्ठानहरु शर्तसहित खोल्न दिने निर्णय गरेको छ । कोरोना रोकथामसम्बन्धी बिहीबार बसेको उच्चस्तरीय समितिको बैठकले खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योगहरु खोल्न दिने निर्णय गरेको हो ।

डा .युवराज खतिवडाले उद्योगभित्रै कामदारहरुलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पुरा गरेर उद्योग चलाउने दिने निर्णय भएको जानकारी दिए । अरु उद्योगहरुले आवासीय मजदुरहरु राखेर चलाउन चाहे स्थानीय प्रशासनले अनुमति दिने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?