मनकारी कुँवरः लकडाउनबाट आपतमा परेकालाई सहयोग गर्दै

काठमाडौं । कोरोना पछि लकडाउनमा परेकाहरुलाई नेपाल हेभी इक्विपमेन्ट व्यवासायी महासंघका अध्यक्ष एवं समाजसेवी ताराबहादुर कुँवरले खाद्य सामाग्री वितरण गरि सहयोग पुर्याएका छन् ।

नमस्ते टेड लिंकका सञ्चालक समेत रहेका कुँवरले चामल, आलु, चिनी, दाल, चियापत्ति, तरकारीलगायतका सामग्रीहरु प्रदान गरेका हुन्।

कुँवरले काठमाडौं महानगपालिका १३ र नागार्जुन नगरपालिकाका केही परिवारलाई दैनिक जीविकाका लागि केही सामग्री हस्तान्तरण गरेको उनले बताएका छन् । त्यस्तै आगामी दिनहरुमा पनि आइपर्ने विपदको बेला सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

कुँवरले लकडाउनले दैनिक कामकाज गरेर गुजारा गर्नेको जीवन संकटमा परेकाले थोरै भएपनि मानवीयता देखाएको बताएका हुन् ।

कुँवर विभिन्न सामाजिक संस्थासँग आवद्ध रहेका तथा विविध सामाजिक काममा समेत आफ्नो भूमिका निर्वाह गर्दै आइरहेका छन् । चक्रपथ सफाई अभियानका प्रमुख अभियन्तासमेत रहेका कुँवरले कोरोना जोखिम थप नहोस भन्नका लागि आफ्नो वरपर किटनासक औषधि, चुन पाउडर समेत छर्किएका छन् ।

त्यस्तै कुँवरकै नेतृत्वमा गरिउको अभियानले १ सय ४० औं हप्ता कलंकीदेखि नयाँ बसपार्कसम्म हरेक शनिबार विहान सरसफाई गर्दै आएका छन् ।

साथै नेपालमा महंगो शुल्क लिएर विद्यार्थी पढाउने निजी अस्पतालले यो असहज अवस्थामा विरामीको उपचार गर्नबाट पन्छिएकामा त्यस्ता अस्पतालप्रति उनले विरोध समेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?