२२ वाणिज्य बैंकले कोरोना कोषमा छुट्टाछुट्टै सहयोगको प्रतिवद्धता

काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले कोष स्थापना गरेको छ । सरकारले खडा गरेको उक्त कोषमा विभिन्न निकायमार्फत रकम जम्मा भएका छन् । यसैक्रममा बिहीवार मात्र १ अर्ब भन्दा बढि रकम संकलन भएको छ ।

यसैक्रममा सरकारलाई नेपालमा रहेका २२ वटा वाणिज्य बैंकहरुले छुट्टा छुट्टै रुपमा करिब २५ करोड ४० लाख रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बाँकी ५ बैंकहरुले भने सहयोगको प्रतिवद्धता व्यक्त गर्न बाँकी छ । ती बैंकहरुमा एनआईशी एशिया बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नबिल बैंक, सनराइज बैंक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?