काठमाडौं । अर्जेन्टिनाका फरवार्ड पाउलो डिबलाले आफ्नो देशमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई घृणा गर्ने बताएका छन् । अर्जेन्टिनी फुटबल एसोसिएसनको अनलाइनसँगको अन्तर्वार्तामा डिबलाले आफ्नो देशमा रोनाल्डोलाई मन नपराउने बताएका हुन् ।
युभेन्ट्समा फरवार्ड डिबलाले आफुले रोनाल्डोलाई समेत यस कुरा सुनाएको बताए ।
मैले क्रिस्टियानोलाई भनेको छु । हामी तपाइलाई मन पराउँदैनौ किनकि तपाईको फिगर, तपाइको हिडाई र तपाई के गर्नु हुन्छ, डिबलाले भने, तर, तपाईले मलाई आश्चर्य बनाउनु भयो । मैले भेट्दा तपाई फरक हुनुहुन्छ ।
डिबला र रोनाल्डो इटालियन जाइन्ट युभेन्ट्सका टिम मेट हुन् । दुईको साझेदारीले युभेन्ट्सको अग्रपंक्ति निकै बलियो देखिएको छ ।
तर, कोरोना भाईरसको महामारीको कारण सिरी ए फुटबल अनिश्चित कालका लागि स्थगित गरिएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया