‘मर्सिडिज’ कारमा राखेर नेताको अन्तिम संस्कार !

काठमाडौं । दक्षिण अफ्रीकाको जोहान्सवर्गमा एक अनौठो घटना भएको छ । त्यहाँ एक व्यक्तिको अन्तिम इच्छा पूरा गर्नका लागि उसलाई ‘कफिन’मा नभएर उनलाई मन परेके कारमा गाडिएको छ ।

उनको कारमा सुताएर पनि होइन, ड्राइभिङ सिटमा बसाएर अन्तिम संस्कार गरिएको छ । उनका दुबै हात त्यो बेला स्टेयरिङ्गमा थिए ।

युनाइटेड डेमोक्रेटिक मुभमेन्टका नेता शेकेडे पित्सोलाई आफ्नो कार अत्यन्त प्रिय भएको र त्यसैले उनलाई मृत्युपछि कार सहित गाडरे अन्तिम संस्कार गरिएको थियो ।

शेकेडेको परिवारले उनको अन्तिम ईच्छा पूरा गर्ने भन्दै दुई वर्ष पहिला किनेको मर्सेडिज बेन्जसँगै गाडेर अन्तिम संस्कार गरिएको हो । शेकेडेकी छोरी सेफोराका अनुसार उनका पितासँग यो भन्दा अगाडि पनि धेरै कारहरु थिए ।

कोरोना भाइरसका कारण लकडाउनको समस्या खेपीरहेको दक्षीण अफ्रीकामा नेता शेकेडेको अन्तिम संस्कारमा भने अत्यधिक भीड भेला भएको थियो ।

उनको अन्तिम संस्कारमा मानिसहरुले लकडाउन तोडेर एकत्रित भएको खबरलाई लिएर अहिले सामाजिक सञ्जालमा बिभिन्न चर्चा हुन थालेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?